कोटेश्वर काठमाडौमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफिशप’



काठमाडौं । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँचजनाको समुहले कोटेश्वरमा कफिशप सञ्चालनमा ल्याएका हुन ।

कफिशपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन सकिने संचालकले जानकारी दिएका छन् ।

राजधानीकै उत्कृष्ट कफिशपका रुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने लक्ष्य लिएको कफिशपका संचालक सागर पाण्डेले जानकारी दिए ।

बैंकिंग पेशामा डेढ दशकलामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे, सामिाजिक अभियन्ता मनोज अर्याल लगायतको समुहले कफि सप संचालनमा ल्याएका हुन ।

नेपालीशुद्ध अर्गानिक कफिलाई अन्तर्राष्ट्रियस्तरको मेसिनबाट तयार पारेर पारखीहरुलाई सेवादिने अर्का संचालक मनोज अर्यालले जानकारी दिए ।

अहिले कफिशपले ९ जनालाई रोजगारी प्रदान गरिरहेको संचालकले जानकारी दिएका छन् ।

कफिशपका अर्का सञ्चालक ध्रुबराज न्यौपाने भने, ‘कोटेश्वरजस्तो भीडभाडपूर्ण ठाउँमा केहीबेर आनन्द महसुस गर्दै तातो वाचिसो कफिका साथउत्कृष्ट बेकरी खानपाउनुले कफिशपआकर्षणको केन्द्र बनेको छ ।’

निकट भविष्यमा नै राजधानीलगायत मुलुकका विभिन्न स्थानमा शाखा बिस्तार गर्दै रोजगारीको अवसर श्रृजना गर्ने कफिशपको लक्ष्य भएको अर्का संचालक ध्रुवराज न्यौपाने बताउँछन् ।

निकट भविष्यमा नै कफिशपले अनलाइनबाट बुकिङ सेवा लिने लक्ष्य राखेको संचालकले जानकारी दिएका छन् ।


पुष्प दुलाल