डीआइजी सिलवाललाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश



काठमाडौं । नेपाल प्रहरीले सोमबार बिहान पक्राउ गरेका प्रहरीकै डीआइजी नवराज सिलवाललाई थुनामुक्त गर्न सर्बोच्च अदालतले आ देश दिएको छ ।

सर्वोच्चका प्रधानन्याधीश सुशीला कार्कीको एकल इजालसले सिलवाललाई यथाशीघ्र अदालतमा हासिज गराउन आदेश दिएको हो ।

प्रहरीले सिलवाललाई पक्राउ गरेपछि उनको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजबंशीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट जाहेर गरेका थिए । रिटमा सुनुवाइ गर्दैं सर्वोच्चले सिलवाललाई थुनामुक्त गरेर जहाँ भएपनि अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो ।

सोमबार बिहान प्रहरीले बरिष्ठ अधिवक्ता शम्भु थापाको निवासबाट सिलवाललाई पक्राउ गरेको थियो ।

सिलवालले प्रहरी प्रमुखमा प्रकाश अर्याललाई नियुक्त गरेको सरकारको निर्णयका विरुद्ध दायर गरेका थिए । नवनियुक्त प्रहरी प्रमुख अर्यालले डीआइजी सिलवाललाई कार्यसम्पादन मुल्यांकनमा कीतै गरेको भन्दै छानविन गरेका थिए ।

छानविनका गर्न प्रहरीले बयानका लागि बोलाउँदा सिलवाल उपस्थित भएका थिएनन् । प्रहरीले सिलवाललाई बयानका लागि उपस्थित गराएको दाबी गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्- पुलिसभित्र राजनीतिः डीआईजी नवराज सिलवाल पक्राउ


पुष्प दुलाल