एभरेष्टको इपिएस घट्दा नाफा डेढ अर्ब रुपैयाँ
काठमाडौं । एभरेष्ट बैंकले प्रति सेयर आम्दानी घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । एभरेष्ट बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एभरेष्टको इपिएस ४४ रुपैयाँ ९५ पैसा छ । अघिल्लो वर्ष इपिएस ६१ रुपैयाँ ४७ पैसा थियो ।
बैंकले चैत मसान्तसम्ममा १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको चैतमा बैंकको नाफा १ अर्ब २० करोड रुपैयाँ थियो । २ अर्ब ६७ करोड रुपैयाँ ब्याज आम्दानीबाट कमाएको बैंकले ९ करोड नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ भने अघिल्लो वर्ष नउठेको ३ करोड रुपैयाँ ऋण उठाएको छ ।
४ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको निक्षेप ९२ अर्ब रुपैयाँ र कर्जा लगानी ७३ अर्ब रुपैयाँ छ । केन्द्रीय बैंकको सिसिडी रेसियो गणना विधीले एभरेष्टको रेसियो ७०मा झरेको छ । अघिल्लो वर्ष पुरानो विधीमा यस्तो रेसियो ७६ प्रतिशत थियो ।