राष्ट्रिय वाणिज्य बैंकले पायो आस्वाको अनुमति



काठमाडौं । धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई आस्व प्रणालीको अनुमति दिएको छ । सार्वजनिक सेयर निष्कासन निर्देशिका अनुसार बोर्डले सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई आस्वाको अनुमति दिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले आस्वाको अनुमति पाएपछि ६८ जिल्लाबाट सार्वजनिक सेयर निष्कासनमा सर्वसाधारणले सहभागिता जनाउन पाउने भएका छन् । राष्ट्रिय वाणिज्य बैंकका सबै शाखा कार्यालयबाट यो सुविधा प्राप्त हुने छ ।

राष्ट्रिय वाणिज्य बैंकले आस्वा प्रणालीको आवेदन पाएपछि आइपिओमा आवेदन दिन राजधानी बाहिर र जिल्लामा बस्नेलाई सजिलो हुने भएको छ । आस्वा प्रणालीमा आवेदन दिदा लाइन बस्नु पर्दैन । आस्वा सदस्य भएका बैंकका शाखाबाट आइपिओ भर्न सकिन्छ । वाणिज्य बैंकको १ सय ७२ वटा शाखाबाट यो सुविधा पाइने छ ।


क्लिकमान्डु