युवा वर्गलाई उद्यमशिलता विकास गर्न स्टार्ट अफ समिट आयोजना हुने



काठमाडौं । उद्योग मन्त्रालयले युवा वर्गलाई लक्षित गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उद्धेश्यले आगामी जेठ २४ र २५ गते काठमाडौंमा उद्यमशीलता सम्वन्धि सम्मेलन ‘स्टार्ट अफ समिट’ आयोजना गर्ने भएको छ ।

देशभरका ७५ जिल्लाबाट ३०० जना युवाहरुको सहभागिता रहेने सो सम्मेलनमा स्रोत व्यक्तिका रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सफल युवा उद्यमीहको समेत संलग्नता रहने छ ।
विदेशबाट आउने श्रोत व्यक्तिहरुले ती देशहरुमा रहेको उद्यमशीलता सम्वन्धि अभ्यासका वारेमा आ—आफ्नो अनुभव साट्नुका साथै नेपालमा उद्यमशीलताको सम्भाव्यताका वारेमा समेत छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

विश्व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्तिलाई आत्मसाथ गर्दै सँगसँगै अगाडी बढ्न नेपालमा पहिलो पटक राष्ट्रिय ‘स्टार्ट अप’ सम्मेलनको आयोजना गर्न लागेको उद्योग मन्त्रालयले जनाएको छ ।

‘अबका दिनमा रोजगारीको खोजीमा नेपाली युवाहरु बिदेश जाने प्रबृतीको अन्त्य गर्न र देशकै रोजगारी सृजना गर्न यो सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने छ,’ उद्योग सचिब शंकर प्रसाल कोइरालाले भने,‘पिछडिएका बर्ग, बिगट भौगोलिक क्षेत्र लगायतका युवाहरुलाई बिशेष ग्राहयता दिइनेछ । ’

यस्ता छन् सम्मेलनका उद्देश्य

१) उद्यमशीलताको विकासमा विभिन्न सरकारी निकायहरुलाई संलग्न
गराउने ।
२) उद्यमशीलताको लागि आवश्यक वातावरण बनाउने ।
३) उद्यमशीलता विकासमा संलग्न सबै सरोकारवालाहरुलाई एउटै मञ्चमा
समेट्ने ।
४) देशभरी उद्यमशीलता विकासमा भएको प्रगति सम्वन्धि पूर्ण जानकारी,
उपलब्ध सेवा र अवसरहरु प्रस्तुत गर्ने ।
५) राज्यको तर्फबाट रहेको उद्यमशीलता सम्वन्धि नीतिगत धारणामा
स्पष्टता ल्याउने ।


क्लिकमान्डु