विदेशीलाई दिने रोजगारी कटौती गर्दै साउदी अरब



रियाद । साउदी अरबले सपिङ मल जस्ता क्षेत्रमा साउदी बाहेका नागरिकलाई रोजगारी नदिने निर्णय गरेको छ ।

अमेरिका राष्ट्रपति डोनाल्ट ट्रम्पले ‘हायर अमेरिकन’को नीगित लिएपछि साउदी अरब सरकारले आफ्ना देशका नागरिकलाई रोजगारीको अवसर बढाउने नीति लिएको हो ।

साउदी अरब अहिले आफ्नो अर्थतन्त्र कच्चा तेलबाट अन्य क्षेत्रमा बढाउन खोजेको छ । साउदी अरबले दीर्घकालिन आर्थिक नीति अनुसार यो फैसला लिएको हो । फैसलाले साउदी अरबमा जाने दक्षिण एशियाली देशका नागरिक प्रभावित हुने छन् ।

साउदी अरब नेपाली युवाहरु बैदेशिक रोजगारीमा जाने प्रमुख देशमा पर्छ ।

ब्लूमर्गका अनुसार साउदी अरबमा ३५ हजार रोजगारीको अवसर सिर्जना हुन्छ । साउदी श्रममन्त्री खालेद अब बल खैलले अल अरबिया न्यूज च्यानलसँग कुराकानीमा कम्पनीहरुलाई विदेशी कामदारको सम्झौताको निर्णय लिन प्रयाप्त समय दिइने बताए ।

आधिकारिक साउदी प्रेस ऐजेन्सीबाट जारी बयान अनुसार रोजगारी कटौतीको निर्णय बजारले गर्ने छ ।

साउदीका डेपुटी क्राउन प्रिन्स मोहम्द बिन सलमानले साउदीको कच्चा तेलमा निर्भर रहेको साउदीको अर्थतन्त्रलाई अन्य उद्योगमा विकास गर्न खाजेका छन् । रोजगारको नयाँ अवसर यसको सुरुवात यो । उनको योजना साउदीको अर्थतन्त्रको विकासको लागि बाहिरि देशबाट कामदार कम लिने निर्णय हो ।

साउदी अरबको अर्थतन्त्र कच्चा तेलमा निर्भर छ । कच्चा तेलको मुल्यमा गिरावट आएपछि साउदीको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । साउदी सरकारले गैर कानूनी रुपमा बसेका कामदारलाई फर्काउनको लागि प्याकेज समेत घोषणा गरेको थियो ।

उदी सरकारको रोजगार कटौतीको निर्णयले नेपालको बैदेशिक रोजगारीलाई समेत प्रभावित पार्छ । साउदी सरकारले प्राथमिकता आफ्नो देशको युवालाई रोजगारी दिनेमा छ । साउदीको ५० प्रतिशत जनसंख्या २५ वर्षभन्दा कम युवाहरुको रहेको छ ।

जसलाई साउदी सरकारले प्रयाप्त रोजगारी दिन चाहेको छ । पछिल्लो रिपोर्ट अनुसार साउदी अरबमा बेरोजगारी दर १२.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो दर ११.५ प्रतिशत थियो । ऐजेन्सी


क्लिकमान्डु