यी ६ भारतीय कम्पनी, जसले बैंकको खर्बौं ऋण तिरेका छैनन्




भारतीय उद्योगपति बिजय माल्या पछिल्ला १/२ दिन चर्चाको शिखरमा रहे । ९ हजार करोड भारु ऋण नतिरी भारत छोडेर भागेका माल्या लण्डनमा पक्राउ परेपछि चर्चाको शिखरमा पुगेका हुन् । यद्यपि अहिले उनी धरौटीमा रिहा भैसकेका छन् । भारतले भने सुपुर्दगी सन्धी अन्तर्गत माल्यालाई भारतको जिम्मा लगाउन आग्रह गरेको थियो ।

‘लोन डिफल्टर’ को रुपमा बिजय माल्याको धेरै चर्चा हुने गरेको भए पनि भारतमा उनी जस्तै वा उनी भन्दा धेरै ऋण तिर्न बाँकी धेरै डिफल्टरहरु छन् । ती मध्ये केही यहाँ उल्लेख गरिएका छन् ।

१. उसा इस्पातः धातु प्रशोधन गर्ने यस कम्पनीको १६ हजार ९ सय ११ करोड भारु बक्यौता छ । तर, ५ हजार ९३ करोड भारुलाई मात्र नियतबश नतिरेको जनाइएको छ । कम्पनीको सबैभन्दा ठूलो ऋणदाता एलआइसी रहेको छ । एलआइसीले कम्पनीलाई ८ हजार ६ सय १९ करोड भारु ऋण प्रवाह गरेको थियो ।

२. लोएड स्टिल्सः उत्तम स्टिल्स भनेर पुनरनामाकरण गरिएको यस कम्पनीले ९ हजार ४ सय ७८ करोड भारु तिर्न बाँकी छ । कम्पनीले यसमध्ये ६ हजार ३ सय ९ करोड भारु मात्र नियतबश नतिरेको प्रमाणित भएको छ । कम्पनीले बैंक अफ इण्डियालाई मात्र ६ हजार ७ सय २४ करोड भारु तिर्न बाँकी छ ।

३. हिन्दुस्तान केबलः सरकारी स्वामित्वको केबल तार बनाउने यस कम्पनीको ४ हजार ९ सय १७ करोड भारु बक्यौता छ । तर, यसमध्ये १ भारु पनि नियतबश नतिरेको भनिएको छैन ।

४. जुम डेभल्पर्सः घर जग्गाको कारोबार गर्ने यस कम्पनीले ३ हजार ८ सय ४३ करोड भारु तिर्न बाँकी छ । यद्यपि १ सय ३७ करोड भारुलाई मात्र ‘विल फुल डिफल्ट’ (नियतबश नतिरेको) मा चढाइएको छ ।

५. किङफिसर एअरलाइन्सः बिजय माल्याको यस कम्पनीले बिभिन्न बैंकहरुलाई ९ हजार करोड भारु ऋण तिर्न बाँकी छ । यसबीच माल्याले आफ्नो अर्को कम्पनी युनाइटेड ब्रुअरीको सेयर बेचेर आएको झण्डै ६ हजार करोड भारु यो ऋण तिर्न प्रयोग गरेनन् । बरु उनले सैयौं करोड भारु खर्च गरेर आफ्नो जन्मदिनको पार्टी गरे । अझ रोचक त के छ भने, यसका बाबजुद उनको बक्यौताको १ रुपैंयाँ पनी ‘विल फुल डिफल्ट’ मा चढाइएको छैन ।

६. क्रेन सफ्टवयर इन्टरनेशनलः यस आइटी कम्पनीको ३ हजार ५ सय ८० करोड भारु बक्यौता छ, जसमध्ये २ हजार ५ सय ५ करोड भारुलाई नियतबश नतिरेको सूचिमा चढाइएको छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु