एनबी इन्सुरेन्स र सिटिजन बैंक इन्टरनेशनल बिच ब्यान्कासुरेन्स सेवा सम्झौता



काठमाडौं । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेड र सिटिजन बैंक इन्टरनेशनल लिमिटेडबिच बैंक एसुरेन्स सेवा सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा एनबी इन्सुरेन्स कम्पनी लिटिमेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका सिटिजन बैंकका शाखाहरुमार्फत एनबी इन्सुरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

सोही अवसरमा एनबी इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकका सबै ग्राहकहरुले आफूले बैकिé सेवा लिईरहेको बैंकको शाखा मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

उनले कम्पनीले चालु आ.ब.२०७३।०७४ को तेश्रोे त्रैमाससम्ममा करिब ५०करोड रुपैयाँ बीमा प्रिमियम संकलन गर्न सक्षम भएकोे र भविष्यमा बैंकको सहकार्यमा अझै बीमा योजना तथा सेवा विस्तार गर्ने जानकारी दिए ।


क्लिकमान्डु