कुलमानले भने काठमाडौंको मेयरभन्दा ऊर्जामै ठिक छु



काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौंको मेयरमा भन्दा ऊर्जा क्षेत्रमा ठिक रहेको बताएका छन् ।

काठमाडौं सहित देशभर लोडिसेडिङ अन्त्य गरेर चर्चामा आएका प्राधिकरण प्रमुख घिसिङले काठमाडौंको मेयर बन्न अस्विकार गरेका हुन् । आफ्नो फेसबुकमा स्टाटस लेख्दै घिसिङले काठमाडौंको मेयरभन्दा आफु ऊर्जामै ठिक रहेको बताएका छन् ।

एकीकृत नेकपा माओवादी भित्र घिसिङलाई काठमाडौंको मेयर बनाउन चर्चा चलेको थियो । सामाजिक संन्जालमा पनि घिसिङलाई मेयर बनाउनुपर्ने विचार आएका थिए ।


क्लिकमान्डु