नेपाल र चीन हवाई भाडा महंगो




काठमाडौं । नेपाल आउने विदेशी पर्यटकमा चिनियाँ पर्यटको हिस्सा बढी भएपनि जहाजको भाडा महंगो पाइएको छ । नेपाल चाइना चेम्बर अफ कमर्श र चाइना नेशनल टुरिस्ट अफिसले आयोजना गरेको सिल्क रोड र नेपाल चीन पर्यटन सम्बन्ध विषय कार्यक्रममा बोल्ने सहभागीले हवाई भाडा महंगो भएको बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्श तथा नेपाल चाइना चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनजानको लागि थाइल्याण्ड र मलेसियाको बाटो हुँदै जानु परेको बताए । ‘ खुला बजारमा खुला तरिकाले मुल्य तय हुन्छ’,उनले भने,‘ नेपाल र चीनबीच हवाई माध्यममा सिधा सम्पर्क भएपनि भाडा अत्याधिक महंगो भयो।’

उनले चीनले अगाडि सारेको रेसमी मार्गबाट नेपालले फाइदा लिन सक्ने बताए ।

कार्यक्रममा उपस्थित पर्यटनमन्त्री दिलनाथ गिरी र नेपाल स्थित चिनियाँ राजदूत यु होङले हवाई भाडाको विषयमा भने कुनै प्रतिक्रिया दिएनन् ।

पर्यटनमन्त्री गिरीले चीनले प्रस्ताव गरेको रेसमी मार्गबाट नेपालले फाइदा लिने बताए ।

चिनियाँ राजदूत होङले नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दै गएको बताउदै चीनले नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताए ।


क्लिकमान्डु