नयाँ वर्षमा पहिलो पटक नेप्सेमा वृद्धि, ४ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत



काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचक २०७४ सालमा पहिलो पटक बढेको छ । कारोबार बन्द हुन्दा नेप्से ४९.९८ अंकले बढेर १६६२.०२ अंकमा अडेको छ । बुधबार १४२ कम्पनीका १८ लाख २४ सय कित्ता सेयर किनबेच भएको छ । १ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ ।

५० अंकको वृद्धि हासिल गरेको नेप्से परिसुचकका अन्य समुह बाहेक सबैमा वृद्धि भएको छ । अन्य समुह १.१६ अंकले घटेको छ ।

बैकिङ समुह ४९.२, होटल समुह ८७.२९, विकास बैंक समुह ६९.५७, जलविद्युत समुह ६८.६१, वित्तिय समुह १७.७१, बीमा समुह २९२.७६, उत्पादन मुलक समुह ९.४३ अंकले बढेका हुन् ।

आज ४ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । १० प्रतिशतले कमाउने प्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त वित्तिय संस्थान, काबेली विकास बैंक, मिरमिरे माइक्रोफाइनान्स विकास बैंकका लगानीकर्ता छन् ।

सबैभन्दा धेरै गुमाउनेमा ग्लोवल आइएमइ सम्मुनत स्किम–१का लागानीकर्ताले २.९१ प्रतिशत र एनआइबीएल सम्वृद्धि फण्ड–१ का लगानीकर्ताले २ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु