अरुण काबेलीको सेयर कारोबार रोकियो




काठमाडौं । अरुण काबेलीको सेयर कारोबार रोकिएको छ । नेपाल स्टक एक्सचेन्जले सिडिएसको पत्र अनुसार अरुण काबेलीको सेयर कारोबार रोक्का भएको जनाएको छ ।

अरुण काबेली सेयर कारोबारको लागि गत साता स्टकमा सूचिकृत भएको थियो । अरुण काबेलीमा एउटै व्यक्तिको नाममा दोहोरो सेयर भएपछि सेयर कारोबार रोकिएको हो । कम्पनीको १ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत छ । कारोबार रोकिनु अगाडि कम्पनीको सेयर प्रतिकित्ता ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु