यस्तो छ एभरेष्टको मार्केट डेप्थ




काठमाडौं । एभरेष्ट बैंकले बैशाख २० मा साधारणसभा बोलाएपछि सेयर बजारमा एभरेष्टको मुल्य घटिरहेको छ ।

मंगलबार एभरेष्टको सेयर मुल्य १० प्रतिशतले घटेको थियो । बुधवारपनि बजार खुल्नासाथ अहिलेसम्म एभरेष्टको कारोबार सबैभन्दा बढी छ । मर्जर तथा संस्थापकको सेयर अनुपात ५१ प्रतिशत कायम गर्नको लागि बैंकले विशेष साधारणसभा बोलाएको जनाएको छ । तर,बजारमा आएका अनेक हल्लाले भने यसको मुल्य घटेको छ ।

बुधवारको अहिलेसम्मको मार्केट डेप्थ हेर्दा एभरेष्टको सेयर बिक्री गर्नेभन्दा खरिदगर्ने बढी देखिएका छन् । अहिलेसम्म ५ हजार १ सय ८५ कित्ता खरिदको अडर छ भने बिक्री अडर ६ सय २४ कित्ता रहेको छ ।

प्रति कित्ता १८ सय देखि १८ सय २० सम्म सेयर खरिद गर्ने इच्छा लगानीकर्ताले चाहेका छन् । यस्तै बेच्न चाहने लगानीकर्ताले न्यूनतम १८ सय २० देखि १८ सय ८५ सम्म मुल्य राखेको मार्केटे डेप्थमा देखिन्छ ।


क्लिकमान्डु