ज्योति विकास बैंकले सतप्रतिशत हकप्रद जारी गर्न अनुमती पायो



काठमाडौं । ज्योति विकास बैंकले सतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमती पाएको छ ।

ज्योति विकास बैंकले अहिले कायम रहेको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँको चुक्ता पुँजीमा एक बराबर एकको अनुपातमा हकप्रद ल्याउन लागेको हो । ज्योतिले १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद सेयर जारी गर्ने छ ।

हकप्रद जारी पछि ज्योतिको चुक्ता पुँजी २ अर्ब २० करोड ८७ लाख पुग्ने छ ।

ज्योतिले हालैमात्र तीन जिल्ला कार्यक्षेत्र भएको राप्ती भेरी विकास बैंकलाई एक्वाएर गर्ने सम्झौता गरेको छ । त्यसपछि बैंकको चुक्ता पुँजी २ अर्ब ३७ करोड पुग्छ । केन्द्रीय बैंकले तोकेको चुक्ता पुँजीको लागि हकप्रद एक्वाएरपछि १३ करोड अपुग हुन्छ । यो रकम यो वर्षको बोनसबाट सजिलै पुग्ने देखिन्छ ।

यस्तै धितोपत्र बोर्डले सहयोगी विकास बैंकलाईपनि ३५ प्रतिशत हकप्रद जारी गर्न अनुमती दिएको छ । तीन जिल्ला कार्यक्षेत्र रहेको सहयोगीको चुक्ता पुँजी हकप्रदपछि ४२ करोड ८७ लाख पुग्छ ।


क्लिकमान्डु