राष्ट्रिय बीमा कम्पनीले लगानीकर्तालाई दिने भयो बम्पर बोनस



काठमाडौं । लेखा परिक्षण नगरेको कारण लगानीकर्तालाई केहीपनि नदिएको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लगानीकर्तालाई बम्पर बोनस प्रस्ताव गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६०/६१,२०६१/६२,२०६२/६३ को नाफाबाट लगानीकर्तालाई बम्पर बोनस प्रस्ताव गरेको छ । लगानीकर्ताले आर्थिक वर्ष २०६०/६१ मा चुक्ता पुँजीको ३७ प्रतिशत, आर्थिक वर्ष २०६१/६२ को लागि ५१ प्रतिशत र आर्थिक वर्ष २०६२/६३ को लागि २७ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।

निर्जिवन बीमा कम्पनीको कारोवार गर्ने सरकारको लगानी भएको बीमा कम्पनीको अहिले चुक्ता पुँजी ८ करोड २८ लाख छ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब हुनुपर्ने तोकेको छ ।


क्लिकमान्डु