नयाँ बर्षलाई नेप्सेले झुकेर स्वागत गर्यो



काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) ४५.५२ अंकले घटेको छ । सुरुवाती समयमा १७ सयसम्म पुगेको नेप्से कारोबार बन्द हुँदा १६५१.६१ अंकमा अडेको छ । २०७४ सालको पहिलो कारोबारमा नेप्से यति धेरै अंकले घटेको हो ।

आइतबार १ सय ३५ कम्पनीका १६ लाख ८७ हजार कित्ता सेयर किन बेच भएका छन् । कारोबार १ अर्ब २१ करोड १५ लाख रुपैयाँको भएको छ ।

आज सबै कम्पनीका परिसुचक रातो भएका छन् । बैकिङ समूह ४४.१४, होटल समूह ६२.१९, विकास बैंक समूह ४९.९३, जलविद्युत समूह ३८.८५, वित्त समूह ८.८५, बीमा समूह ३२२.८४, उत्पादन मुलक समूह ५९.४७ र अन्य समूह ४.९२ अंकले घटेका छन् ।

आज सबैभन्दा धेरै कमाउनेमा गुराँस फाइनान्सका लगानीकर्ता छन् । गुराँसका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा ग्रिन डेभलपमेन्ट बैंक र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लागनीकर्ता छन् । यी दुईका लगानीकर्ताले क्रमस ९.९३ र ९.५५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु