उद्योगमन्त्री बनेर यस्तो गरेछन् नबिन्द्रराज जोशीले




काठमाडौं । नबिन्द्रराज जोशीले उद्योग मन्त्रालय सम्हालेपछिको छोटो समयमा नै उल्लेख्य सुधार गरेको बताएका छन् । छोटो समयमा नै नीतिगत तथा कानुनी सुधार, संरचनागत तथा प्रक्रियागत र सुधारका साथै अन्य सुधारहरु गरेको मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

के के गरे सुधार ?
नीतिगत तथा कानुनी सुधार
-बिशेष आर्थिक क्षेत्र (सेज) ऐन ,२०७३ जारी भएको ।
-औद्योगिक व्यवसाय ऐन,२०७३ जारी भएको ।
-औद्योगिक व्यवसाय सम्बन्धि नियमावलीको मस्यौदा तयार गर्नका लागि समिति गठन भई कार्य आगाडी बढाइएको ।
-कम्पनी ऐन , २०६३ को संशोधन बिधेयक व्यवस्थापिका संसदबाट पारित भएको ।
-खानी तथा खनिज पदार्थ नियमावलीको चौथो संशोधन भएको ।
-बिशेष आर्थिक क्षेत्र सम्बन्धि नियमावलीको मस्यौदा तयार भई कानुन मन्त्रालयमा सहमतिको लागि पठाइएको ।
– राष्ट्रिय खनिज नीति , २०७३ को मस्यौदा म।प। मा पेश भएको ।
-राष्ट्रिय बौद्दिक सम्पत्ती नीति, २०७३ म। प। बाट स्वीकृत भएको ।
-प्रबिधि विकासकोष नियमावलीको मस्यौदा तयार भएको ।
-पेट्रोलियम नियमावली सैदान्तिक स्वीकृतिको लागि मप। मा पेश भएको ।
-बैदेशिक लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि ऐन कानुन मन्त्रालयमा छलफल भईरहेको ।

संरचनागत तथा प्रक्रियागत सुधार
-निजी क्षेत्रका समस्याहरुको समाधानका लागि नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा मन्त्रालयमा नेपाल व्यवसाय मंचको सचिबालय खडा गरि कर्मचारी व्यवस्था गरिएको ।
-उद्योगी व्यवसायी तथा सरोकारवालालाई सूचना प्रबाह गर्न बिराटनगर, बिरगंज,पोखरा, भैरहवा, नेपालगंज तथा धनगढीमा औद्योगिक लगानीकर्ता सूचना केन्द्र को स्थापना ।
– उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयमा सूचना केन्द्रको स्थापना गरि कर्मचारीको ब्यवस्था गरिएको तथा उद्योग बिभागमा अनलाइन सिस्टम सुरुवात भएको ।
-पेट्रोलियम पाँचौं संसोधन नियमावलीलाई म।प मा स्वीकृतिका लागि पेश भएको ।
-गुणस्तर ऐन तर्जुमा गर्न सैदान्तिक सहमतिको लागि म।प। मा पेश भएको ।

लघु, घरेलु तथा साना उद्योग विकास र प्रबर्द्धन
-लघु ,घरेलु तथा साना उद्यमीलाई प्रविधिमा सहयोग पुर्याउन प्रबिधि हस्तान्तरण कार्यविधि स्वीकृत भई कार्यन्वयनमा गएको ।
-महिला उद्यमशिलता विकास कोषबाट महिलाहरुको अर्थिक स्तर उकास्न महिलाहरुद्धारा संचालित साना, लघु तथा घरेलु उद्योगमा चालु आबमा ४६ जिल्लामा कर्जा प्रबाह गर्ने गरि प्रस्ताब आव्हान गरिएको ।
-उद्यमशिलता विकास कार्यक्रम तथा भगत सर्बजित सिल्प उत्थान कार्यक्रम विशेष गरी दलित वर्गलाई लक्षित गरी नयाँ कार्यक्रम संचालनका लागि निर्देशिकाहरु स्वीकृत भई कार्यक्रम कार्यन्वयन शुरु भएको ।
-लघु, घरेलु तथा साना उद्योगीलाई उद्योग व्यवसाय संचालन गर्न , उद्योगको बिकासमा ऋण प्रबाह गर्न उद्योग, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक,बैंकर्स एसोसिएसन तथा निजी क्षेत्रका प्रतिनिधिहरु सम्मिलित एक संयन्त्र गठन गरिएको ।
-बिभिन्न जात जातिका परम्परागत रुपमा संचालन गर्न सम्भाव्य उद्योगहरुको संचालनका लागि प्रस्ताब आब्हान गरि मिति २०७३/०६/०७ मा गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरिएको, जिल्लामा संकलित प्रस्तावको एकीकृत विवरण तयार गर्ने कार्य भईरहेको ।

बस्तु तथा सेवाको गुणस्तर सुधार
-एलपिजी सम्बन्धि नेपाल गुणस्तर ५३३ लाई अनिबार्य गर्न मन्त्रिपरिषदबाट स्वीकृत भई राजपत्रमा सूचना प्रकाशन भएको ।
-औद्योगिक क्षेत्र तथा बिशेष आर्थिक क्षेत्र स्थापना तथा विस्तार ।
-प्रत्येक प्रदेशमा स्थापना हुने औद्योगिक क्षेत्रको डिपीआर निर्माणका लागि एक्सप्रेसन अफ इन्ट्रेस्ट सम्बन्धि सूचना प्रकाशन भई ६३ वटा प्रस्ताब प्राप्त भएको, उक्त प्रस्ताबहरुको मुल्यांकन कार्य भईरहेको ।
-भैरहवास्थित बिशेष आर्थिक क्षेत्र संचालनमा आएको ।
-सिमरास्थित बिशेष आर्थिक क्षेत्रमा तयारी पोसाक प्रशोधनकेन्द्र पुर्बाधार निर्माणकार्य थालनी भएको , यसका लागि बहुबर्षीय ठेक्का र बजेट सहमति अर्थ मन्त्रालयबाट प्राप्त भएको ।
-खानी तथा खनिजजन्य बस्तुहरुको अन्वेषण र विकास ।
-इमाडोलमा ग्याँस को उत्पादन परिक्षण कार्य भएको, ग्याँस ड्रिलिङ कार्यका लागि टेक्निकल स्पेसिफिकेसन तथा लागत अनुमान तयार भई  प्रक्रिया सुरु गरिएको ।
-भूकम्प मापनका लागि थप ५ वटा जिपीएल स्टेसन स्थापनाको लागि जाइकाबाट उपकरण प्राप्त भएको, हाल संचालित २१ सेस्मिक स्टेसनहरुको डिजिटल सिस्टममा स्तरउन्नति गरिएको ।

सार्बजनिक संस्थान व्यबस्थापन
-मन्त्रालय सम्बद्ध सार्बजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति सम्बन्धि मापदण्ड , २०७३ नेपाल सरकार, मन्त्रिपरिषदबाट स्वीकृत भई लागु भएको ।
-उक्त मापदण्ड बमोजिम यस मन्त्रालय अन्तर्गतका सार्बजनिक निकायका पदाधिकारीहरुको नियुक्तिका लागि छनोट सम्बन्धि कार्यविधि स्वीकृत भएको ।
-नेपाल औषधि लिमिटेडको संचालनका लागि अर्थ मन्त्रालय बाट रकम निकासा भई संचालन प्रकृयामा रहेको ।
-हेटौडा कपडा उद्योगको पुन संचालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भई प्रतिबेदन प्राप्त भएको ।
-हेटौडा तथा उदयपुर सिमेन्ट उद्योगको स्तरउन्नतिका लागि सम्भाव्यता अध्ययन भएको र सुधारात्मक कार्यहरु सुरु भएको । उदयपुर सिमेन्ट पहिलो पटक नाफामा गएको ।
-बिरगंज चिनी कारखाना र बुटवल धागो कारखाना लिज मोडेलमा संचालन गर्ने गरि म। प। बाट निर्णय भई सूचना प्रकाशनको क्रममा रहेको ।
-नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्यागनेसाइटलाई पुनस् संचालन गर्ने बारे कारबाही भई रहेको ।
-संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हेटौंडा र उदयपुरबाट उत्पादित सिमेन्ट विक्रीबाट आउने प्रतिवोरा द्द रुपैंयाका हिसावले बालबालिकाको शिक्षा स्वास्थ्य र पोषणमा खर्च गर्ने गरी व्यवस्था गरिएको ।
नवलपरासीमा रहेको फलाम खानीको विस्तृत अध्ययन सकी उत्खननका लागि प्रकृया अगाडी बढाउने अन्तिम चरणमा रहेको ।


क्लिकमान्डु