स्नापच्याटका सिइओले भारतलाई भने गरीब देश



नयाँ दिल्ली । स्नापच्याटका सिइओ इवान स्पिगलले भारतलाई गरीब देश भनेका छन् । उनले आफ्नो कम्पनीको भारतमा व्यवसाय गर्ने कुनै तयारी नभएको र भारत धेरै नै गरीब देश भनेका छन् ।
स्नापच्याटको प्रयोगकर्ताको बृद्धि सम्बन्धी बैठकमा उनले भारतलाई गरीब देश भएको र इन्टरनेट गति सुस्त भएको बताए ।

भारतमा यसको प्रयोगकर्ताको बृद्धिदर कम भएको विषयमा सिइओ स्पिगलले स्नापच्याट धनी व्यक्तिको लागि भएको दाबी गरे । उनले भारत र स्पेनजस्ता गरीब देशमा स्नापच्याटले आफ्नो व्यवसाय विस्तार गर्न नचाहेको बताएका छन् । भारतीय संचारमाध्यम यसले अहिले प्रमुखता पाएको छ ।

तथ्यांक अनुसार भारतमा स्नापच्याटका प्रयोगकर्ता ४० लाख छन् । जबकी ह्वाटसेपको प्रयोगकर्ता २० करोड रहेका छन् । ऐजेन्सी


क्लिकमान्डु