एनसेलको ‘कल आयो बोनस पायो’ अफर



काठमाडौं । एनसेलले ‘कल आयो बोनस पायो’ ल्याएको छ । एनसेलका ग्राहकले विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलम दुई मिनेट भन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउने भएका हुन् ।

नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ल्याइएको यो योजना यहि बैशाख १ गते (शुक्रबार) देखिलागु हुनेछ । यस योजना अन्र्तगत ग्राहकले विदेशबाट आफ्ना आफन्तजन , साथीभाई र प्रियजनहरुले गरेको कल उठाई दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् ।

अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरेको दुई मिनेट पुरा भएपछि ग्राहकले स्वतःदुई मिनेटको बोनस टक टाइम पाउनेछन् । फोनमा जतिमिनेट कुरा भएपनि ग्राहकले बोनस टक टाइम एक पल्ट मात्र कुरा गरेको दुई मिनेट पुरा भएपश्चात पाउँनेछन् । यसरी प्राप्तबोनस ३ दिनको लागिमान्य हुनेछ । उक्त बोनसबाट ग्राहकले एनसेलको नेटवर्क भित्र कुरा गर्न सक्नेछन् ।

एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी प्राप्त निर्देशन अनुसार यो योजना निःशुल्क सुचारु गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो योजनामा सामेल हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो योजना तीन महिनाको लागि  मान्य हुनेछ ।


पुष्प दुलाल