२१ अर्ब लगानीमा दुगड ग्रुपले १५७ मेगावाटको जलविद्युत् आयोजना बनाउने



काठमाडौं । एमभी दुगड ग्रुपले १ सय ५७ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले एक कार्यक्रम गरेर परियोजनाको सुरुवात गरेको छ । एमभी दुगड ग्रुपले लिखु १, लिखु २ र लिखु ‘ए’ का निर्माण गर्न लागेको हो । तीनवटै परियोजनाको एकसाथ उद्घाटन भएको छ ।

पान हिमालय इनर्जी प्रालिले लिखु १, ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालिले लिखु २, र नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले लिखु ‘ए’ जलविद्युत परियोजना निर्माण गर्न लागेका हुन् ।
एम.भी.दुगड.गु्रप ले देशमा जलविद्युत परियोजनाको अपरिहार्य आवश्यकता महसुस गरी आज भन्दा केही बर्ष अघि जलविद्युत परियोजना सञ्चालन गर्ने निर्णय गरे बमोजिम एउटै लिखु खोलामा लिखु १,२ र ‘ए’ गरी कुल १५७ मेगावाट क्षमताको तीनवटा परियोजना एकै साथ निर्माण अघि बढाएको थियो । परियोजनाको लागत २१ अर्ब रुपैयाँ हुने छ ।

यी तीनवटै परियोजनाबाट उत्पादित बिजुली खरिद–बिक्रीका लागि नेपाल विद्यत प्राधिकरणसँग विद्युत खरिद सम्झौता भइसकेको छ र परियोजनाका निर्माणका लागि आवश्यक वित्तीय स्रोतका लागि विभिन्न वाणिज्य बैंकहरुसँग ऋण सम्झौता समेत भइसकेकोले परियोजना भइसकेको छ ।

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले यी आयोजनाहरुको निर्माण शुभारम्भले मुलुकले कल्पना गरेको उज्यालो नेपालको सपना सार्थक पार्नेतर्फ महत्वपूर्ण योगदान विश्वास समुहले लिएको छ ।

दुगड ग्रुपको सञ्चालक समितिले परियोजनासँग सम्बन्धित सबै निर्णयहरु समयमा नै गरी व्यवस्थापनलाई पूर्ण रुपले सहयोग गर्ने दृढता व्यक्त गरेको छ ।
कम्पनीले आगामी १० वर्षभित्रमा ५ सय मेगावाट जलविद्युत् आयोजना बनाउने लक्ष्य लिएको जनाएको छ ।


क्लिकमान्डु