कसरी सुरु भयो क्रिकेटमा ‘चाइनाम्यान’ शब्द ?



काठमाडौं । क्रिकेटमा बायाँ हाते रिस्ट स्पिनरलाई चाइनाम्यान भन्ने शब्द प्रयोग गरिन्छ ।

क्रिकेटमा चाइनाम्यान भन्ने शब्द प्रयोग गर्न थालिएको ८४ वर्ष भईसकेको छ । यो शब्दको सुरुवात सन् १९९३ मा ओल्ड ट्राफोर्डमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच भएको दोस्रो टेस्ट क्रिकेटबाट प्रयोगमा आएको हो ।

त्यस टेस्टमा एलिस पुस एचोङ नामका खेलाडी वेस्ट इन्डिज टिमबाट मैदानमा उत्रेका थिए । उनी ट्रिनिडाडका बाँया हाते रिस्ट स्पिनर थिए ।

तर, उनको नाम चिनियाँको जस्तो भएकाले धरैले उनी चाइनाबाट टेस्ट खेल्ने पहिलो खेलाडी मानेका थिए ।

सिड्नी मर्निङ हेराल्डका लेखक एन्ड्रयु उले यसै साता प्रकाशित लेखमा, एचोङबारे लेखिएको तथ्य पूर्णत ठिक नभएको लेख लेखेका छन् । सायद एचोङ पुर्खा चिनियाँ हुन सक्छन्, तर उनी पूर्णत चिनियाँ भने थिएनन् ।

८ दशक पहिले ओल्ड ट्राफोर्ड टेस्टमा प्रयोग गरिएको चाइनाम्यान शब्द अहिले पनि प्रयोगमा छ । एजेन्सीको सहयोगमा


पुष्प दुलाल