हर्न बजाउँदै हुनुहुन्छ भने होसियार, ५ हजार जरिवाना तिर्नुपर्ला



काठमाडौं । नयाँ वर्ष २०७४ को सुरुवातसँगै काठमाडौं उपत्यका हर्न मुक्त भएको छ ।

काठमाडौं उपत्यकामा सवारी साधनले अनावश्यक रुपमा हर्न पैदा गरेर ध्वनी प्रदुषण गर्ने गरेको भन्दै वैशाख १ गतेदेखि हर्न बजाए ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

ध्वनी प्रदुषण बढेको भन्दै धेरै उजुरी आउन थालेकाले नयाँ वर्षको शुभारम्भसँग काठमाडौंलाई ध्वनी प्रदुषणबाट मुक्त गर्नका लागि महानगरले नयाँ नियम ल्याएको महानगरका प्रवक्ता ज्ञार्नेन्द्र कार्कीले जानकारी दिए ।

नयाँ नियम अनुसार अत्यिावश्यक एम्बुलेन्स, सुरक्षा बाहन, शव बाहन, दमकलले भने साइरन बजाउन पाउने छन् ।

अन्य सवारीसाधनले अत्यिावश्यक परिस्थिति बाहेक हर्न बजाएमा कडा कारबाही गरिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।


पुष्प दुलाल