विमानस्थल भन्सारमा जागिर खुल्यो, तलब साढे २३ हजार



काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंले १० जना कर्मचारी माग गरेको छ ।

कार्यालयले करार सेवामा रेडियो टेक्निसियन पदका लागि १० जना कर्मचारी माग गरेको हो ।

कार्यालयले यात्रु जाँचपास सहजीकरण शाखामा यात्रुहरुको लगेज तथा अन्य सामानहरुको जाँचपास तथा यात्रीहरुको समेत जाँच तथा निरिक्षणका लागि सार्वजनीक सूचना मार्फत दरखास्त आव्हान गरेको जानकारी दिएको छ ।

इन्जिनियरिङ विषयमा प्रमाण पत्र वा एस.एल.सी उर्तिण गरी एभिएसनको सम्बन्धित विषयमा ३ वर्षको अनुभव भएकाले आवश्यक कागजात सहित प्रशासन शाखा, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौंमा बुझाउन सक्नेछन् ।

अन्तरवार्ताको माध्यमबाट छनोट गरिने कर्मचारीको तलब २३ हजार ५ सय रुपैयाँ भएको कार्यालयले जानकारी दिएको छ । आवेदकले बैसाख १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल