परिसूचक घटेर २०७३ लाई नेप्सेको बिदाई



काठमाडौं । परिसूचक घटेर नेप्सेले २०७३ साललाई बिदा गरेको छ । २०७३ को अन्तिम दिन नेप्से परिसूचक ५.९४ अंकले घटेको छ ।

नेप्से परिसूचकले २०७३ सालको अन्तिम कारोबार दिनमा १७०० को मनोबैज्ञानीक अंक माथी राख्न सकेन ।

बिहीबार १४३ कम्पनीको २१ लाख ३३ हजार ४ सय १६ कित्ता सेयर कारोबार भएको छ । उपसुचकहरुमा बिकास बैंक र बीमा मात्र बढेका छन् । बिकास बैंक ०.६९ र बीमा ६४.४८ अंकले बढेका हुन् । यस्तै बैकिङ १०.७२, होटेल ५.३३, जलबिद्युत २२.०७, बित्त ३.८, उत्पादन २.७६ र अन्य ४.०५ अंकले घटेका छन् ।

बिहीबार कुल १ अर्ब ४८ करोड रुपैंयाँको कारोबार भएको मा ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न आगामी बैशाख १५ गते साधारण सभाको बैठक डाकेको एनसिसि बैंकको मात्र १७ करोड ४४ लाख रुपैंयाँको कारोबार भएको छ । बुधबारको तुलनामा बिहिबार ५० करोड रुपैंयाँ बढीले कारोबार रकम खस्केको छ । लगानीकर्ताहरु नयाँ बर्ष र शनिबारको बिदाको मुडमा भएका काराण पनि कारोबार रकम खस्केको हुनसक्छ ।

बीमा समितिले तोके बमोजिम चुक्ता पूँजी बढाउनुपर्ने बीमा कम्पनीहरु गुराँस लाइफ र सूर्य लाइफको पनि ७ करोड ३४ लाख रुपैंयाँ र ५ करोड ७५ लाख रुपैंयाँको कारोबार भएको छ ।
बिहिबार दुई कम्पनीको मात्र १० प्रतिशत हाराहारीले सेयर मुल्य बढेको छ । गोर्खाज फाइनान्स र सेती फाइनान्सका लगानीकर्ताले १० प्रतिशत हाराहारीले कमाएका हुन् ।

यस्तै रिलायन्स फाइनान्सको सबैभन्दा बढि ५.५ प्रतिशतले सेयर मुल्य घटेको छ । जानकी फाइनान्सको ५.१३ प्रतिशत, जेबिल्स फाइनान्सको ४.८५ प्रतिशत, एनबी इन्स्योरेन्सको ४.४ प्रतिशत र स्वरोजगार लघुबित्तको ४.४ प्रतिशतले सेयर मुल्य घटेको छ ।


क्लिकमान्डु