उत्पादन बढ्दा इँटाको मुल्य स्थिर




काठमाडौं ।  दुई वर्ष अगाडि गएको भूकम्पपछि इँटामा उद्योगमा थपिएको अत्याधिक लगानीले इँटाको मुल्य स्थिर देखिएको छ । यसले घर निर्माण गर्नेलाई राहत दिएको छ ।

नेपाल इँटा उत्पादक संघका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले पुननिर्माण हुने आशमा लगानी बढ्दा इँटाको बिक्री नभएको बताउँछन् ।

‘ भूकम्पपछिको पुननिर्माणपछि इँटाको माग अत्याधिक चाहिने हुँदा यसमा लगानी बढ्दो र उत्पादनपनि बढ्यो’,उनले भने,‘ उत्पादन भएको इँटाको मुल्य बिक्री भएन जसले व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा सिर्जना भएको छ।’

व्यवसायीका अनुसार इँटाको मुल्य अघिल्लो वर्षको तुलनामा डेढ रुपैयाँले बढेको छ ।

माघ महिनासम्म १ नम्बर इँटाको मुल्य १३ रुपैयाँ थियो । अहिले यसको मुल्य १४ रुपैयाँ ५० पैसा पर्ने भक्तपुरको मैत्री चिम्नी भट्टा उद्योगका लेखापाल कान्छा तुल्सीबाख्चोले बताए ।

‘अघिल्लो वर्षको तुलनामा केही माग बढ्न थालेको छ, यो वर्ष माग बढ्ने देखिएको छ,’ तुल्सीबाख्चोले भने ।

माघ महिनादेखि उद्योगीले १ नम्बर इँटाको मुल्य साढे १४ रुपैयाँ र २ नम्बर इँटाको ११ रुपैयाँ पुरयाएका छन् । अफसिजनमा भने यसको मुल्य १६ रुपैयाँसम्म पुग्ने गर्छ ।

इँटाको मुल्य गुणस्तर अनुसा फरर पर्ने गर्छ । १ नम्बर इँटा बलियो हुने भएको हुँदा यसको मुल्य बढी पर्छ । उद्योग अनुसारपनि यसको मुल्य फरक रहेको छ ।

‘गत वर्ष १ नम्ब इँटा १२ रुपैयाँमा थियो अहिले १४ रुपैयाँ पर्छ र इट्टको मुल्य प्रति गोटा १४ रुपैयाँ थियो यो वर्ष १२ रुपैयाँ पर्न पर्न गएको छ’ एस पि ढुवानीका सुर्य शैजुले भने,‘ २ नम्बर इँटाको मुल्य प्रतिगोटा १० रुपैयाँ छ । यस्तै टुक्रा एक टिप्परको ४ हजारदेखि ४५ रुपैयाँसम्म पर्ने गर्छ।’

इँटा उद्योग र त्यसको साइज अनुसार मुल्य फरक पर्ने मैत्री चिम्नी भट्टा उद्योगका लेखापालन कान्छा तुल्सीबाख्चो बताउँछन् ।

पछिल्लो समय प्रयोग बढ्दै गएको चाइनिज इँटाको मुल्य स्थानीय उत्पादन जस्तो उद्योग अनुसार फरक हुँदैन । यसको मुल्य संघले निर्धाराण् गर्छ ।
संघका अनुसार चाइनिज इँटा १ नम्बरको प्रतिइँटा २१ रुपैयाँ ४७ पैसा रहेको छ भने २ नम्बर प्रतिइँटा १९ रुपैयाँ २१ पैसा पर्छ । ग्राहकले छानेर चाइनिज इँटा प्रयोग गर्दा प्रति यँटा २४ रुपैयाँ ८६ पैसा मुल्य रहेको छ ।

भक्तपुरको इट्टा तथा टायल उद्योगका लेखापाल शिव हाडा अघिल्लो वर्ष र यो वर्ष चाइनिज इँटाको मुल्य समान रहेको बताउँछन् ।


क्लिकमान्डु