विशेष साधारणसभाका लागि एनसीसीको बुक क्लोज



काठमाडौं । एनसीसी बैंकले विशेष साधारणसभाका लागि आगामी बैशाख ६ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । बैंकले बिशेष साधारण सभामा ५० प्रतिशत हकप्रदको प्रस्ताव लाने भएको छ ।

बैंकले आगामी बैशाख १५ गते बिशेष साधारण सभाको बैठक बोलाएको छ ।

हाल ४ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । ५० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पुँजी ७ अर्ब हुने छ ।

४ वटा बिकास बैंक गाभेर ८ अर्ब पुँजी पुर्याउने अभियानमा लागेको एनसिसिलाई केहि बिकास बैंकको धेरै खराब कर्जाका कारण अहिले बोनस सेयर बाँड्न अप्ठ्यारो परेको हो ।
एनसीसीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ७ करोड रुपैंयाँ मात्र खुद नाफा कमाएको छ । यद्यपि बैंकले खराब कर्जा असुलिको काम तिब्र पारेको हुनाले तेस्रो त्रैमासमा सुधार आउने आंकलन गरिएको छ ।


क्लिकमान्डु