सिटिजन्स बैंक र डलारको एक्सचेन्जबीच विप्रेषण सम्झौता



काठमाडौं । कुवेतबाट नेपालमा रकम भुक्तानीका लागि सिटिजन्स बैंक र डलारको एक्सचेन्ज कुवेतबीच विप्रेषण (रकम भुक्तानी दिने) सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काप्mले तथा डलारकोका महाप्रबन्धक खालिद सरिफले हस्ताक्षर गरेका छन् ।

कुवेतमा रहेका नेपालीले बैंकिङ प्रणाली मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउन सकुन भनेर सो सम्झौता गरिएको सिटिजन्स बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु