नेप्सेमा सामान्य करेक्सन, २ अर्ब बढीको कारोबार



काठमाडौं । बिगत केहि दिन देखि निरन्तर दोहोरो अंकले बढेको नेप्सेमा बुधबार थोरै करेक्सन आएको छ । बुधबार नेप्से ६.७५ अंकले बढेर १७०३.०७ मा आएको छ ।

कारोबार रकम भने लगानीकर्तालाई अझै उक्साउने खालकै छ । मंगलबारको १ अर्ब ९० करोडको तुलनामा बुधबार २ अर्ब ७ करोडको कारोबार भएको छ । यद्यपी बुधबार नेप्सेले एक विज्ञप्ती जारी गर्दै लगानीकर्तालाई हल्लाको पछाडि नलागी सोच विचार गरेर लगानी गर्न आह्वान गरेको छ ।

०७३ सालको शुरुवात देखिनै लगानीकर्तालाई उत्साहित गराएको नेप्सेले १८८१ अंक चुम्दै १२५० हाराहारीमा झर्दा भने लगानीकर्तालाई केहि अत्याएकै थियो । तर, ०७३ को अन्त्यमा आइपुग्दा लगानीकर्ता माझ फेरी आशा र खुशीको सञ्चार गरिदिएको छ ।

बुधबार १४५ कम्पनीको ३८ लाख ९६ हजार ४ सय ३१ कित्ता सेयर कारोबार भएको छ । उपसुचकहरु मध्ये बैकिङ ११.८९, जलबिद्युत ६.१ र बीमा १.५७ अंकले घटेका छन् । त्यस्तै, होटेल २३.८६, बिकास बैंक १९.३६, बित्त ६.९३, उत्पादन २३.६१ र अन्य ८.३९ अंकले बढेका छन् ।

बुधबार सबैभन्दा बढि सूर्य लाइफको १० करोड ३६ लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा एनसीसी बैंकको ९ करोड ४६ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी गुँरास लाइफको ८ करोड २३ लाख, प्रभु बैंकको ८ करोड १७ लाख र मुक्तिनाथ बिकास बैंकको ५ करोड ५२ लाख रुपैंयाँको कारोबार भएको छ ।

बुधबार ११ कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्स, ग्रीन डेभलप्मेन्ट बैंक, सिद्धर्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, किसान माइक्रोफाइनान्स, फस्ट माइक्रोफाइनान्स लगायत कम्पनीको मुल्य १० प्रतिशतले बढेको हो ।

यसैगरी युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ५.६५ प्रतिशतले गुमाएका छन् । एनबी इन्स्योरेन्स, न्यादी ग्रुप, साना किसान विकास बैंक र सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले पनि ४ प्रतिशत भन्दा बढिले गुमाएका छन् ।


क्लिकमान्डु