प्रभु इन्स्योरेन्सलको ५० प्रतिशत हकप्रद खुल्ला



काठमाडौं । प्रभु इन्स्योरेन्सले बुधबार चैत ३० गतेदेखि ५० प्रतिशत हकप्रद बिक्रि शुरु गरेको छ । बिक्रि आगामी जेठ २ गते बन्द हुनेछ ।

कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशतको हिसाबले १९ लाख २५ हजार ७८ कित्ता सेयर बिक्रि गर्न लागेको हो ।

चैत ६ गते बुकक्लोज गरेको हुँदा चैत ५ गतेसम्म सेयर खरिद गरेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउँनेछन् ।

हकप्रदको ब्यवस्थापन प्रभु क्यापिटलले गर्ने छ ।

हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख पुग्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २ करोड ९७ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।


क्लिकमान्डु