उद्योग वाणिज्य महासंघमा वस्तुगतमा गोलाप्रथाबाट छानिए २ सदस्य,जिल्लामा कार्यकाल बाड्ने सहमती



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा गोलाप्रथाबाट बस्तुगत तर्फ दुई सदस्य छानिएका छन् ।

वस्तुगत तर्फ बराबर मत ल्याउने चारजनामा गोलाप्रथा गर्दा रविनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठ कार्यकारिणी सदस्यमा छानिए ।

खेमराज पन्त र नरेशलाल श्रेष्ठ गोलाप्रथाबाट बाहिरिए ।

यस्तै जिल्ला तथा नगरमा सुदर्शन कार्की र देवकुमार श्रेष्ठले तीनवर्ष कार्यकाल डेढ वर्षसम्मको लागि बाड्ने सहमती गरे ।


क्लिकमान्डु