वस्तुगतको मत गन्दा बरिष्ठ उपाध्यक्षमा किशोर अगाडि



नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फको मत गन्दा किशोर प्रधान अगाडि देखिएका छन् ।

वस्तुगतको उपाध्यक्ष तथा अधिकांश सदस्य गोल्छा प्यानलबाट विजयी भएपनि बरिष्ठ उपाध्यक्षमा भने किशोरले लिड गरेका हुन् । वस्तुगतमा किशोर प्रधानले ५३ र शेखर गोल्छाले ४८ मत प्राप्त गरे । महासंघको बरिष्ठ उपाध्यक्षमा वस्तुगतको मत मार २० प्रतिशत हुन्छ ।

३० प्रतिशत मतभार हुने एशोसियट र ५० प्रतिशत मतभार हुने जिल्लाको मत भने गन्न बाँकी छ ।


क्लिकमान्डु