नेपाल लाइफले दियो १० दिनमै १ करोड ४६ लाख रुपैयाँ मृत्युको बीमा भुक्तानी



नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० दिनमा मृत्यु दाबी भुक्तानी दिइको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका २३ नम्बर निवासी बिमित स्व. मोती बहादुर गुरुङ्गको परिवारलाई १ करोड ८६ लाख ६५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

उक्त मृत्यु दाबी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले मृतकको ईच्छाएको व्यक्ति गुरुङकी श्रीमती ईन्द्र कुमारी शाही गुरुङलाई प्रदान गरे ।

कम्पनी प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाज्युले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको बताए ।


क्लिकमान्डु