नेप्सेमा ३४ अंकको वृद्धि, १ अर्ब ९० लाखको कारोबार



काठमाडौं । मंगलबार सबै उप—सुचकहरुमा हरियाली छाउँदा नेप्से (नेपाल स्टोक एक्सेन्ज)मा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से ३४.०५ अंकले बढेर १७१०.२७ मा बन्द भएको छ ।
कारोबार रकमले पनि पछिल्ला दिनमा नेप्सेमा छाएको उत्साह देखाउँछ । मंगलबार १ सय ४४ कम्पनीका ३१ लाख ४ हजार २६ कित्ता सेयर काराबार भएको छ । १ अर्ब ९० करोड ७४ लाख रुपैयाँको करोबार भएको छ ।
मंगलबार सबै उप—सुचकहरु बढेका छन् । बैकिङ समूह ३७.१२, होटल समूह ९.६२, बिकास बैंक समूह ५६.६८, जलबिद्युत समूह १४.४७, बित्त समूह १४.०७, बीमा समूह १२०.१७, उत्पादन समूह २१.६ र अन्य समूह १.४५ अंकले बढेका छन् ।

आज सबैभन्दा धेरै कमाउने अपि पावर कम्पनीका र लक्ष्मी लघुवित्त वित्तिय संस्थान लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

खानी खोला हाइडोपावर र सेती फाइनान्सका लगानीकताले क्रमस ३.७८ र ३.४३ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु