एनबी बैंकले ३ अर्ब रुपैयाँको हकप्रद सेयर बैशाख १० देखि बिक्री खुल्ला गर्ने



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको ३ अर्ब २० करोड रुपैयाँ हकप्रद सेयर बैशाख १० देखि ल्याउने भएको छ ।

बैंकले हालको चुक्ता पुँजीमा १० कित्ता बराबर ८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । जेठ २० सम्म हकप्रद भर्ने समय रहेको छ ।

निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हकप्रद सेयर एनबी बैंक तथा ग्लोबल आईएमई क्यापिटलबाट भर्न सकिन्छ ।


क्लिकमान्डु