आस्वा प्रणालीमा आवेदन दिन एक सय रुपैयाँ तिर्दा हुने



काठमाडौं । धितोपत्र बोर्डले माघदेखि स्वेछिक रुपमा कार्यान्वयनमा ल्याएको आस्वा प्रणालीलाई बढाउनको लागि सरकारी स्वामित्वको वाणिज्य बैंकलाई सहभागी गराउने भएको छ । पछिल्लो समय कुल निष्कासनको ६० प्रतिशत रकमको आवेदन आस्वा प्रणालीबाट हुने गरेको छ ।

यस्तै लगानीकर्तावाट बैंकले बढीमा आस्वा प्रणालीमा एक सय रुपैयाँमात्र सेवा शुल्क लिन सक्ने व्यवस्था बोर्डले गरेको छ । बिक्री प्रवन्धकले प्राप्त गर्ने शुल्कको १० रुपैयाँ मात्र कायम गरेको छ भने बोर्डमा बुझाउनुपर्ने शुल्क हटाएको छ ।


क्लिकमान्डु