सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुकर्जा सेवाप्रदान गर्नको लागि यूकेएड सक्षम र माछापुच्छ्रे बैंकबीच साझेदारी



काठमाडौं । माछापुच्छ्रे बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ । जसअन्तर्गत नेपालभरका १४ वटा जिल्लामा रहेका सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुवित्त सेवाहरू प्रदान गर्नको लागि काम गरिनेछ । माछापुच्छ्रे बैंकका प्रमुखकार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख बलजित भोहराले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चल विकास क्षेत्रको धादिङ जिल्ला गरि ७ जिल्लामा २० वटा शाखारहित बैंकिङ सेवाविन्दुहरू स्थापनागर्ने लक्ष्य लिएको छ ।

माछापुच्छ्रे बैंक प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठले परियोजनाको ३ वर्षे समयावधिमा माछापुच्छ्रे बैंक आफ्ना शाखारहित बैंकिङ सेवाविन्दुहरू र समर्पित सम्बन्धप्रबन्ध (रिलेशनशिपम्यानेजर) मार्फतबाट ९ हजार भन्दा बढी हितग्राहीहरूलाई सेवा पु¥याउने लक्ष्यलिएको बताए ।

यसको अतिरिक्त, हाम्रो वित्तीय साक्षरताअभियानको माध्यमबाट १३,००० हितग्राहीसम्मपुग्ने लक्ष्यलिएका उनले बताए ।

सक्षमका टोली प्रमुख बलजित भोहराले दुर्गम ग्रामीण क्षेत्रहरूमा औपचारिक वित्तीय संस्थाहरूको अभावले गर्दा स्थानीयव्यक्तिहरू स्थानीय ऋणदाताहरू अत्यन्त उच्चदरमा ऋण लिनबाध्य भएका बताएका छन् ।

‘ऋणदाताहरूले ऋण तिर्न नसक्दा ऋण लिने व्यक्तिहरूको शोषण गर्दै आएको पाइन्छ, तसर्थ, हामीलाई विश्वास छ कि हाम्रो यस साझेदारीले यस्ता समस्याहरूको सम्बोधनगर्नेछ र देशमा सेवाबाट वञ्चित रहेका जनसंख्यालाई सेवाप्रदानगर्नेछ ताकिउनीहरूले समृद्ध र सम्मानितजीवनजीउन सकून,’ भोहराले भने ।


क्लिकमान्डु