मञ्जुश्री फाइनान्सको साधारण तथा प्रमोटर सेयर लिलामी आजदेखि



काठमाडौं । मञ्जुश्री फाइनान्सले आज चैत २८ गतेदेखि ६९ हजार १६ कित्ता साधारण सेयर र ९ लाख ३५ हजार ७४ कित्ता प्रमोटर सेयरको लिलामी गर्ने भएको छ । बैंकले गत माघ÷फागुनमा जारी गरेको १ः१.७५ अनुपात हकप्रदमा नबिकेको सेयर लिलामी गर्न लागेको हो ।

कम्पनीको सेयर लिलामीको ब्यवस्थापन एस क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

सेयर लिलामीका लागि आगामी बैशाख ५ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २ करोड ३७ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । कम्पनीको हाल चुक्ता पूँजी २८ करोड ५७ लाख रुपैंयाँ रहेको छ ।

१७५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैंयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशन बमोजिम ८० करोड चुक्ता पूँजी पुर्याउन कम्पनीले थप १०.४५ प्रतिशतले पूँजी बढाउनु पर्नेछ ।


क्लिकमान्डु