महुली सामुदायीक लघुबित्त वित्तीय संस्थाको आईपिओ अाउँदै



काठमाडौं । महुली सामुदायीक लघुबित्त वित्तीय संस्थाले आगामी बैशाख ७ गतेदेखि १ लाख २० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ ।
आज सोमबार एक सूचना प्रकाशित गर्दै कम्पनीले चाँडोमा बैशाख ११ गते र ढिलोमा बैशाख २१ गते आइपिओ बन्द हुने जनाएको छ । इच्छुक लगानीकर्ताले घटिमा ५० कित्ता र बढिमा ६०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले ४ हजार ८ सय कित्ता कर्मचारी र ६००० कित्ता म्युचल फण्डका लागि छुट्याएका कारण सर्वसाधारणका लागि भने १ लाख ९ हजार कित्ता सेयरमात्र उपलब्ध हुनेछ ।

कम्पनीको आइपिओ ब्यवस्थापन एनसिएम बैंकिङ लिमिटेडले गर्नेछ । लगानीकर्ताले आवेदन फरम एनसिएम बैंकिङ, महुली लघुबित्तका शाखाहरु र सनराइज बैंकका शाखाहरुबाट लिन सक्नेछन् ।

कम्पनीको १० जिल्लामा २८ शाखा सञ्जाल रहेका छन् ।


क्लिकमान्डु