नेपालीको भाते बानीले १६ अर्ब रुपैयाँ भारतले लग्यो




काठमाडौं । भात खानेबानीले नेपालीलाई परनिर्भर बढाउदै लगेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा भात खानको लागि मात्र १६ अर्ब २१ करोड रुपैयाँको चामल भारतबाट आएको छ । अघिल्लो वर्ष सा अवधीमा १३ अर्ब ४३ करोड रुपैयाँको चामल आयात भएको थियो ।

राष्ट्र बैंकका अनुसार ८ महिनामा भारतबाट मात्र नेपालमा ७ अर्ब ८८ करोड रुपैयाँको तरकारी आएको छ । यसले हामीले भारतबाट मात्र ल्याएर करिब ९ अर्बको तरकारी खाएको देखिन्छ । फलफुल मात्र भारतबाट हामीले ८ महिनामा ३ अर्ब ३७ करोड रुपैयाँको खाएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार ८ महिनामा नेपालबाट बस्तु आयातको लागि ६ खर्ब २८ अर्ब रुपैयाँ बाहिरिएको छ । जबकी निर्यात व्यापारबाट ४८ अर्ब रुपैयाँ भित्रिएको छ ।

मुख्य रुपमा यो वर्ष गाडी ५५ अर्ब ७२ करोड रुपैयाँको,पेट्रोलिय पदार्थको अयात बढी छ । आयात अत्याधिक भएको कारण व्यापार घाटा ५ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु