नेप्से परिसूचक स्थिर, करिब डेढ अर्बको कारोबार



काठमाडौं । आइतबार नेप्से ०.५६ अंकले बढेर १६५१.६० अंक पुगेको छ । शुरुवातमा नेप्से १५ अंक हाराहारीले बढेपनि स्थिर भएको थियो ।

बिगत तीन हप्तामा झण्डै ३ सय ५० अंकले बढेको नेप्से बिगत तीन दिनदेखि देखि भने स्थिर देखिएको छ ।

बिगत दुई हप्तामा सर्किट लाग्दा बजारमा खरिदकर्ताहरु निकै हावी भएका थिए । कतिपय कम्पनीमा त बिक्रिकर्ता नै थिएनन् । आइतबार भने खरिदकर्ता र बिक्रिकर्तामा धेरै सन्तुलन देखिएको छ ।
आइतबार १४१ कम्पनीको १९ लाख २६ हजार २ सय ४० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने १ अर्ब २१ करोडमा सिमित भएको छ । बिहिबार कारोबार रकम १ अर्ब ४१ करोड हाराहारी थियो ।

आज बैकिङ १.४७, बिकास बैंक ६.३२, जलबिद्युत ६.३१, बित्त ५.४८ र अन्य २.३२ अंकले बढेको छ । यस्तै, होटेल १९.५३, बीमा ३७.१८ र उत्पादन ३८.९१ अंकले घटेको छ ।

आइतबार सबैभन्दा बढि नेपाल बैंकको १० करोड ४५ लाखको कारोबार भएको छ । दोस्रोमा सूर्य लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाख, तेस्रोमा एनसिसि बैंकको ५ करोड ४१ लाख, चौंथोमा प्रभु बैंकको ४ करोड ८५ लाख र पाँचौंमा एभरेष्ट बैंकको ४ करोड ३ लाख रुपैंयाँको कारोबार भएको छ ।

आइतबार ३ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । ग्रीन डेभलप्मेन्ट बैंक, गुँरास फाइनान्स र सृजना फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् ।
आइतबार सबैभन्दा बढि ४.३२ प्रतिशतले फस्र्ट माइक्रो फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यसैगरी, रिलायन्स फाइनान्सका लगानीकर्ताले ३.८२ र माउन्ट मकालु डेभलपमेन्टका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु