ल्याटिन अमेरिकामा यसरी फैलदै छ चीन



बोनस आएर्स । ल्याटिन अमेरिकासँगको चिनियाँ सम्बन्ध र प्रभाव विशेषगरी एउटा महत्वपूर्ण लगानीकर्ताको रुपमा पछिल्ला केही वर्षमा मजबुत बनेको ल्याटिन अमेरिकाका विश्व आर्थिक मञ्च (डब्लुइएफ)का वरिष्ठ निर्देशक तथा प्रमुख मारिसल अर्गुएटा ड वारिलसले बताएका छन् ।

चीन ल्याटिन अमेरिकासँगको सम्वन्ध र प्रभाव क्रमशः बलियो बन्दै गएको छ । चीनले ल्याटिन अमेरिकाबाट कच्चा पदार्थ किन्ने मात्र होइन, यो त्यहाँको लागि एक महत्वपूर्ण लगानीकर्ता बनेको छ । यस वर्ष अर्जेटिनाको राजधानीमा भएको तीन दिन लामो डब्इएफको सम्मेलनको अवसरमा सहभागी हुने क्रममा अर्जुएटाले सिन्ह्वालाई बताए ।

अलिवावा तथा हुवाई कम्पनीजस्ता चिनियाँ कम्पनीले ल्याटिन अमेरिकी बजारमा ठूलो तथा नेतृत्वकारी भूमिका खेलिरहेको, उनको भनाइ थियो ।

अलसालभेडरका कानुनविद् तथा सन् २००८/२००९ मा विदेशमन्त्री  अर्गुएटाका अनुसार बोनर्स आएर्समा भएको तीन दिने उक्त कार्यक्रम उद्यमी, विकास र चौथोृ औद्योगिक क्रान्तिका विषयमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीले ल्याटिन अमेरिकामा विकासको क्रम ढिलो भएका समय छलफललाई स्रोत, चूनौती र अवसरको खाजेीका लागि केन्द्रीत गरिएको थियो ।

गरिवी र नयाँ नयाँ सामाजिक मागलाई सम्बोधन गर्ने विषयमा छलफल गर्न सम्मेलन सफल भएको सहभागीको निष्कर्ष छ ।

सन् २०१५ मा चीन र ल्याटिन अमेरिकाबीच २३६ अर्व ५० करोड अमेरिकी डलर बराबर कारोवार भएको थियो । यो एक दशक पहिलेको तुलनामा २० गुणा बढी कारोबार भएको चिनियाँ सरकारी तथ्याङ्कले देखाएको छ ।

सम्मेलनका सहभागीले प्रविधिको हस्तान्तरणतर्फ सोच्नुपनि अहिलेको महत्वपूर्ण कार्य हुने अर्गुएटाले बताउनुभयो ।

यो यस्तो विकासशील क्षेत्र होे जहाँबाट चौथो औद्योगिक क्रान्तिको तयारी हुनसक्छ । चीनसँग मिलेर ल्याटिन अमेरिकी मुलुकहरुले आफ्नो उद्योगलाई आधाुनिककरण अवसरलाई पूर्णतथा सदुपयोग गर्दे रोजगारका नयाँ अवसरको लगि काम गर्नुपर्ने, उनको भनाई थियो ।

चिनियाँ बजारले अमेरिकी साधनस्रोतको अर्थपूर्ण माग गर्ने हुँदा चीन सँगको ल्याटिन अमेरिकी मुलुकको सहकार्य अहम् बनेको निष्कर्ष सम्मेलनले गरेको अर्गुएटाले बताए । रासस/सिन्ह्वा


क्लिकमान्डु