विवाह गर्न २ लाखको सुट किने : फिल्म निर्माता आकाश अधिकारी



कति वर्षको हुनुभयो ?

म ४० वर्ष कटे । आफुले आफुलाई हिरोको लागि योग्य छु जस्तो लाग्छ । फिल्म उद्योगमा हामी ४० वर्ष काटेपछि परिपक्क मान्छौ । म परिपक्क भएको छु ।

फिल्म खेल्दै हुनुहुन्छ अहिलेपनि ?

फिल्मको टाइटल फिक्स भएको छैन । स्काई मुभिजले निर्माण गर्न लागेको फिल्म खेल्दै छु । यसको निर्माणको काम असोज या कात्तिकदेखि सुरु हुन्छ । योभन्दा अगाडि पन्छी,क्रोद,जनयुद्ध खेलेको थिए । जनयुद्धबाट मैले नेशनल अवार्डपनि राष्ट्रपतिको हातबाट पाएको थिए । आगामी दिनमा पनि म खेल्छु ।

कतिवटा फिल्म खेल्नुभयो र कतिवटा फिल्म बनाउनुभयो ?

मैले ५ देखि ६ वटा फिल्म खेलेको छु । १६ वटा फिल्म बनाएको छु । कोहिनर पछि के म तिम्रो होइन र अहिले कान्छी बनाउदै छु । त्यसमा म खेल्दै छु । कान्छीमा स्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका छ । अहिले टिम तयार हुँदैछ । जेठबाट सुटिङ हुन्छ ।

विवाह कति वर्षमा गर्नुभयो ?

विवाह सन् २००२ मा गरेको हो ।

लभ कि एरेन्ज ?

मेरो लभ प्लस एरेन्ज हो । पन्छी फिल्मको सुटिङको दौरानमा उनीसँग भेट भयो । त्यसपछि हामी साथी बन्यौ । त्यसपछि विचार गर्यौ हामीले एकअर्कालाई राम्रोसँग बुझ्छौ र हामीले विवाह गर्यौ । उनी इटालियन हुन् ।

विवाह गर्ने प्रस्ताव कसले राख्यो ?

विवाह गर्ने प्रस्ताव मैले राखे । यस्तो मामलामा पुरुषहरुले नै पहिलो प्रस्ताव राख्छन् । मैले उनीसँग प्रस्ताव राखेपछि परिवारसँग सल्लाह गरे । दुवै परिवारबाट सहमती आयो ।

ससुराली जान निकै टाढा रहेछ होइन ?

म निकै खुसी छु । मैले विवाह अगाडि भनेको थिए ससुराली त्यती जान नपरोस भनेर त्यो कुरा पुरा भएको छ । ससुराली टाढा छ । जान अल्छीपनि लाग्छ ।

पर्समा कति पैसा बोकेर हिड्नु हुन्छ ?

पर्समा त्यती पैसा बोकेर हिडिदैन । बैंकको कार्डहरु हुन्छ त्यसैले धेरै काम गर्छ । पैसा बोक्न आवश्यक हुँदैन । धेरैजसो बसाई कार्ड चल्ने ठाउँमा हुन्छ । पाँच हजारजति खल्तीमा हुन्छ ।

तपाई खानको शोखिन कि लगाउनको ?

म दुबै कुराको शोखिन हो । मलाई भोक भनेर खाईहालु जस्तो लाग्दैन । म अलिकति हेल्थमा कन्र्सस छु । खाना मिठो भएपनि स्वस्थकर चाहिन्छ । मलाई कपडापनि अलिकति ब्रान्डेट चाहिन्छ । मेरो कपडा च्यातेर फाल्नुपर्ने हुँदैन ।

सबैभन्दा महंगो कपडा कतिमा किन्नुभयो ?

छन् यस्ता् धेरै । मेरो विवाह भएपछि म ससुराली गएको थिए इटाली । मेरो यहाँ हिन्दु संस्कारमा विवाह भयो । त्यहा क्रिसियन कल्चरमा फेरी विवाह भयो । त्यहाँ मैले ८ सय युरोको जुत्ता,,१५ सय २ हजार जति युरोको सुट किनेको थिए । मलाई त्यो बेला लागेको थियो मैरो हैसियत २,३ लाख रुपैयाँको कपडा लगाउने हो भनेर । तर,पनि कुनै अप्सन थिएन ।

मैले विवाह अगाडि भनेको थिए ससुराली त्यती जान नपरोस भनेर त्यो कुरा पुरा भएको छ । ससुराली टाढा छ । जान अल्छीपनि लाग्छ ।

घडी गज्जबको छ । कुन ब्राण्डको हो ?

यो अमेरिकन ब्राण्ड हो । जिसी ब्राण्डको हो । यसलाई स्पोटी खालको हो । म धेरै शोखिन भनेको चस्मा र घडीमा हो । मसँग २० वटा जति ब्राण्डेट चस्मा छ । २२ वटा घडी छन् । ड्रेस अनुसार घडी लगाउछु ।

सिनेमा क्षेत्रमा काम सुरु गर्न थाल्दा तपाईको कमाई कति थियो ?

भारतमा टेलिसिरियलमा काम गर्दा ७५ हजार रुपैयाँ पाएको थिए । काम २ देखि ३ दिनमा सकिने खालको थियो । त्यसपछि म नेपालमा आए । मलाई फिल्ममा कामको अवसर आयो । फिल्ममा कथा लेख्दा ३५ हजार रुपैयाँ आएको थियो । फिल्म निर्देशन गरेपछि १ लाख २५ हजार रुपैयाँ पाएको थिए ।

आज दिनमा तपाईले फिल्म निर्देशन गरेको पारिश्रमिक कति लिनुहुन्छ ?

१५ देखि १६ लाख रुपैयाँ लिन्छु । त्यसको साथै केही अफर यती पैसा लिनु र केही प्रतिशत फिल्म निर्माणमा सेयर लिनको लागि अफर आउँछ ।

वर्षमा कतिवटा सिनेमा गर्नुहुन्छ ?

म धेरै सिनेमा गर्दिन । बढीमा दुईवटा सिनेमा गर्छु । सिनेमा मलाई बनाएको होइन । दर्शकलाई बनाउने हो । त्यसैले राम्रो सिनेमा बनाउनुपर्छ ।

फिल्म क्षेत्रमा मन परेका तीनवटा नायक ?

शिव श्रेष्ठ अहिले आएर दयाहाङ राई र म आफै ।

नायिका

करिष्मा,गौरी मल्ल । एउटा ब्युटी र कलाकरिताको हिसाबले । नयाँ नायिकाहरु छन् रेखाको आफ्नै हिसाबले फ्यान छ । नयाँमा केकी अधिकारीको मन पर्छ ।

सुटिङको दौरानको  रमाइलो भएको कुनै क्षण छ ?

सुटिङको दौरान म रमाइलो कम गर्छु । म पूर्ण रुपमा स्क्रिटमा डुबेको हुन्छु । मेरो टिमलाई म खुसी राख्छु । म आफै बिजी हुन्छु ।

कतिको पिउनुहुन्छ ?

मेरो त्यती पिउने आदत छैन । एक प्याक फर मेडिसन,२ प्याक गुड हेल्थ, ३ पेक रमाइलो र चार प्याक फर क्राइ हुन्छ । यो कुरालाई दिमाखमा राखेको हुन्छ । अलिकति मेडिसनको रुपमा अलिकति रमाइलोको रुपमा लिन्छु ।

गीत कतिको सुन्नुहुन्छ ?

अति नै सुन्छु र गीतपनि लेख्छु । मैले के म तिम्रो होइन भन्नेमा संगितपनि भरेको छु । फिल्म भनेको समाजको ऐना हो ।

स्कुलमा पढ्दा कस्तो हुनुहुन्थ्यो ?

अहिलेजस्तो थिए । गीत संगितमा रमाउने तथा नाटकहरु गर्ने खालको थिए ।

सिनेमा नगरेको भए के गर्नुहुनथ्यो ?

या त म सेनामा जाने थिए या इन्जिनियर बन्ने थिए । मेरो रुची सिनेमा थियो ।

सबैभन्दा बढी पटक हेर्नु भएको फिल्म कुन हो ?

सोले । म धेरै सानो थिए फिल्म आउने समयमा । धेरै पटक हेरे ।

सबैभन्दा बढी हेरेको र सुनेको गीत ?

हिन्दी आकही दुर चले जाहे हम । यस्तै नारायण गोपालको तिमीले चुमेका भन्ने धेरै पटक सुने ।

फिल्म क्षेत्रको लागेको व्यक्ति उद्योग वाणिज्य महासंघको निर्वाचनमा किन उठ्नु थाल्नु भएको ?

महासंघमा पछिल्लो १० वर्षदेखि फिल्म क्षेत्रबाट प्रतिनिधित्व छ । प्रतिनिधित्व भएपनि उद्योग वाणिज्य महासंघ र फिल्म क्षेत्रबीच सहकार्य भएको छैन । चलचित्र क्षेत्रलाई उद्योगलाई मान्यता पाएको छैन । म यसमा लागिरहेको छु । म महासंघमा आउन खोजेको कारण पनि चलचित्र क्षेत्रलाई अगाडि बढाउनको लागि हो ।
नेपाली फिल्म क्षेत्रमा वार्षिक १ अर्ब देखि सवा अर्बसम्मको कारोबार हुन्छ । प्रत्येक सिनेमाले ३ करोड देखि १० करोडसम्मको कारोबार गरेको हुन्छ । वर्षमा एक सय वटा सिनेमा बनेको छ । मेरो चाहना भोलीको फिल्म उद्योग कम्तीमा एउटा सिनेमाले ५० करोड कमाउनुपर्छ भन्ने हो । त्यो भएन भने म पछिको पुस्ता फिल्म क्षेत्रमा आउने कि नआउने भनेर भनेर हच्कनुपर्छ ।

किनकी हामीले धेरै दुःख भोगेका छौ । सम्बृद्धि आर्थिक क्षेत्रबाट बाट हुन्छ । म एफएनसिआईबाट आएर फिल्मको मार्केट खोज्ने हो । हामीले विदेशमा सिनेमा चलाउनको लागि सेन्सर पास गर्नको लागि १ महिना लाग्छ । हिन्दी फिल्म हाम्रो सेन्सर बोर्डले एक दिनमा पास गर्छ ।
मैले नेपाली फिल्ममा भारतमा सहज ढंगले चलाउनको लागि सेन्सर बोर्ड मुम्बई र भारतीय दुतावास मार्फत पहल गर्छु । नेपाली सिनेमाको सेन्सर नेपाली भाषी बढी भएको भारतीय क्षेत्रमा होस भन्ने हाम्रो चाहना हो । बर्माका नेपाली भाषी धेरै छन् । त्यहाँपनि बजार बढाउन पहल गर्छु । हामी नेपाली भाषी भएको विदेशमा नेपाली सिनेमा किन नचलाउने । म फिल्म उद्योगलाई अगाडि बढाउन महासंघमा कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिएको छु ।


क्लिकमान्डु