राष्ट्रपतिद्वारा घरजग्गा मेला–२०७३को उद्घाटन



काठमाडौं । । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरेकी छन् ।

नेपाल घरजग्गा तथा आवास विकास सङ्घले आयोजना गरेको सो मेलामा सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामग्रीहरुको प्रदर्शनी राखिएका छन् । मेला चारदिनसम्म चल्ने आयोजकले जनाएको छ ।

सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलगायत सरकारी निकाय पनि मेलाको सहआयोजक छन् ।


क्लिकमान्डु