व्यवस्थापनले सञ्चालकलाई खुसी पार्न खोज्दा बैंकहरु बिग्रिएः गभर्नर




जनता बैंक सुरु हुने बेला म धितोपत्र बोर्डमा थिए । खुल्ने क्रममा थियो । अहिले यति ठूलो भयो । भोलिका दिनमा यसको पुँजीबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्छ भन्ने मेरो अपेक्षा छ ।

त्रिवेणी विकास बैंक रफ्तारमा अघि बढेको छ । वाणिज्य बैंकमा मर्जर भएको छ । हाम्रो देशमा पुँजीको अभाव छ । तपाईहरुलाई लाग्दो हो, पुँजीगत खर्च भएको छैन, त्यो कारण पुँजी फालाफाल छ भनेर । केही दिन अगाडि एउटा कार्यक्रममा पेपर प्रिजेन्टेसनको कार्यक्रम थियो । त्यसमा एडिबी र आइफएसिका अध्यक्ष सहित चार देशका गभर्नरहरु उपस्थित थिए । त्यही सन्दर्भमा विकास निर्माणको कुरा हुँदा भारतमा भएको स्थानीय ऋणपत्रको कारण त्यहाँबाट ठूलो पूर्वाधार निर्माणको काम भएको कुरा आयो । आइएफएसीले भारतले ठूला पूर्वाधारमा काम गरेको छ ।

म आफुलाई पनि त्यो कुरा अचम्म लाग्यो । अन्तराष्ट्रिय दातृ निकायले भारतले स्थानीय मुद्रामा ऋणपत्र जारी गरेर काम गरेको भन्ने कुरा गरे । ५ वर्षदेखि आइएफएसीले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने भनेको छ । त्यो रकम यहाँको विकास निर्माणको लागि खर्च हुन्छ । यो भयाे भने विभिन्न दातृ निकायसँग ऋण लिन पर्दैन । हामीले पाँच वर्ष अगाडिदेखि यो कुरा निकालेको हो । अहिलेसम्म स्थानीय मुद्रामा ऋणपत्र निकाल्ने कुरा अगाडि बढेको छैन ।

एउटा सामान्य कुरा लियौं। फास्ट ट्रायकको स्रोत कुन मोडलमा जुटाउने भन्ने टुंगो लागेको छैन । कुन प्रविधिबाट कसरी पैसा जुटाउने ? हामीसँग सामान्य र सामान्य कामको लागि पैसा अभाव छ । ७० प्रतिशतभन्दा बढी रकम साधारण खर्चमा जान्छ । त्यसपछि आन्तरिक ऋण र बाह्य ऋण तिर्नुपर्छ । दातृ निकायको ऋणबाट विकास निर्माणको काम गर्नुपर्छ । बैंक र वित्तीय क्षेत्रमा भएको पैसालाई निजी क्षेत्रको सहभागितामा अगाडि बढाउनुपर्छ । बैंक तथा वित्तीय क्षेत्रमा भएको पैसालाई देशको विकासमा लगाउनुपर्छ ।

सञ्चालकलाई खुसी पार्न व्यवस्थापनले नाफामा मात्रै केन्द्रित भएर जनताबाट उठाएको निक्षेपलाई जथाभावी लगानी गर्नु हुँदैन । व्यवस्थापनले सञ्चालकलाई खुसी पार्न खोज्दा बैंकहरु बिग्रिएका छन् । सञ्चालकहरुले जनताबाट उठाएको निक्षेप सबै आफ्नै ठान्ने गरेको छन्, जुन गलत हो । त्यही भएर संचालकलाई पढाउन हामीले पाठ्यक्रम बनाएका छौं ।

राष्ट्र बैंकले त्यही भएर बैंक तथा वित्तीय वित्तीय संस्थाको पुँजी बृद्धि गरेको हो । अर्थतन्त्र ६ खर्बको आकार हुँदा बैंकको पुँजी २ अर्ब थियो । यस्तै २५ खर्ब पुग्दा बैंकको पुँजी ८ अर्ब रुपैयाँ पुगेको हो । अर्थतन्त्रको आकार बढाउनको लागि पुँजी बढाउनुपर्छ । विदेशी संस्था आएर यहाँ लगानी गर्ने क्षमता होस् । जनता बैंक र त्रिवेणी विकास बैंकले यो सन्देश दिएका छन् । पैसा बढी हुनु देशको लागि राम्रो हो ।

अब अर्थतन्त्र सबल र निक्षेपकर्ता सुरक्षित छन् । अन्तराष्ट्रिय क्षेत्रमा वित्तीय क्षेत्रका कुराहरु परिवर्तन भइरहेका हुन्छन् । केन्द्रीय बैंकले बाहिर देखिएका कुरा र भित्रका कुरालाई समायोजन गर्नुपर्छ । हामीले बैंकलाई सिआरआर, सिसिडी भनेर बाधेका छौं । यसमा हामीले परिवर्तन गर्न सोचिरहेका छौ । भविष्यमा सरल र सहज ढंगले बैंक तथा वित्तीय संस्था चलाउन सकुन् भन्ने खोजेका छौं ।

हिँजोको तरिकाले अब केन्द्रीय बैंक हिंड्दैन । अन्तराष्ट्रिय रुपमा बैकिङ क्षेत्रमा जे छ, त्यो अनुसार हामी चल्ने हो । बासेल ३ हामीले अझै कार्यान्वयन गरेका छैनौं । हामीले जोखिममा आधारित सुपरिवेक्षण सुरु गरेका छौं । अब विकास बैंक र वित्त कम्पनीमा यो व्यवस्था लागू हुन्छ ।

बैंक तथा वित्तीय संस्थामा संलग्न सबैको क्षमता बढ्नुपर्छ । हामीले गतवर्ष मौद्रिक नीतिमा मानव संसाधनको लागि ३ प्रतिशत छुट्याउनुपर्ने व्यवस्था गरेका थियौं । अन्तर्राष्ट्रियस्तरका बैंकहरु खुला भएको छ । हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नुपर्छ । यस्ता नीतिगत व्यवस्था परिवर्तन हुन्छन् ।

अहिले २० प्रतिशत कर्जा राष्ट्र बैंकले तोकेको क्षेत्रमा पुर्याउनुपर्छ । सिसिडी रेसियो ८० पुग्दा तपाईहरु सबैलाई थाह थियो । ८० एकैपटक आउदैन । त्यो ७०/७१ हुँदैन आउने हो । त्यो कुरापनि हामीले भन्नुपर्यो ।

आजको दिनमा ७२ अर्ब सहज तरलता छ । त्यो पैसा प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुहोस् । क्षणिक नाफाको लागि जनताको निक्षेप दुरुपयोग नहोस् । संचालकले पनि नाफा मात्र खोज्नु भएन । सञ्चालकलाई खुसी पार्न व्यवस्थापनले नाफामा मात्रै केन्द्रित भएर जनताबाट उठाएको निक्षेपलाई जथाभावी लगानी गर्नु हुँदैन । व्यवस्थापनले सञ्चालकलाई खुसी पार्न खोज्दा बैंकहरु बिग्रिएका छन् । सञ्चालकहरुले जनताबाट उठाएको निक्षेप सबै आफ्नै ठान्ने गरेको छन्, जुन गलत हो । त्यही भएर संचालकलाई पढाउन हामीले पाठ्यक्रम बनाएका छौं । जनताको निक्षेप तपाईहरु ट्रष्टी हो । त्यसको उपयोगले नेपालको अर्थतन्त्रमा राम्रो प्रभाव पार्न सकोस् । तपाईहरुले हाम्रो पनि यसमा योगदान छ भन्न सक्नुहोस् ।

अब सबै बैंकहरु बलियो भए । २/४ करोड रुपैयाँ फस्दा समस्याग्रस्त हुने अवस्था आउँदैन । राष्ट्र बैंकले समस्याग्रस्तको लागि छुट्टै शाखा संचालन गर्नुपर्ने भयो । अब ६ महिनाभित्रमा समस्याग्रस्त संस्था रहने छैनन् । दुईवटा समस्याग्रस्तबाट हटिसके । अब पुँजीगत, मानव संसाधन र आन्तरिकरुपमा प्रतिस्पर्धा गर्न सक्नेगरी बैंकिङ संस्था सबल हुन्छन् ।

कारोबारको रकम र केही काम बाहेक अन्य विषयमा वणिज्य बैंक र विकास बैंकबीच केही फरक देखिएको छैन । सानो देश र सानो अर्थतन्त्र जस्तो बैंक तथा वित्तीय संस्थामा नेपालमा त्यस्तो समस्या छैन ।

(जनता बैंक र त्रिवेणी विकास बैंक मर्ज भएर जनता बैंकको नाममा एकीकृत कारोबारको सुभारम्भ गर्दै डा. नेपालले व्यक्त गरेको बिचार)

 


क्लिकमान्डु