दैनिक एकहजार सवारी ट्राफिक कारबाहीमा



काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजारभन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार लेन अनुशासन, जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन, बिनालाइसेन्स सवारी चलाउनेलगायत शीर्षकमा दैनिक एक हजारभन्दा बढी सवारी कारबाही हुने गरेको हो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दैनिक दुई हजारभन्दा बढी सवारीसाधन जाँच गर्ने र एक हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको बताए। उनले लेन अनुशासन, मापसे, लाइसेन्स जाँच, जथाभावी सवारी पार्किङलगायत कामलाई कडाइका साथ जाँच गरेपछि दुर्घटनामा केही कमी आएको बताए ।

महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई अवस्थाअनुसार पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवानाका साथै एक घन्टा ट्राफिक जनचेतना कक्षा लिने गरेको छ । लेन काटेको सवारीसाधन भाग्न खोजे विभिन्न क्यामराका माध्यमबाट फोटो खिच्ने र कारबाहीको दायरामा ल्याउने गरेको छ ।


क्लिकमान्डु