उम्मेद्वारबाट उद्योग वाणिज्य महासंघले उठायो ६७ लाख



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उम्मेद्वारबाट ६७ लाख रुपैयाँ उठाएको छ ।

आगामी सोमबार काठमाडौंमा हुन लागेको उद्योग वाणिज्य महासंघको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने छ ।

महासंघमा विभिन्न पद गरेर १ सय ११ जनाको उम्मेद्वारी परेको छ । महासंघको निर्वाचन समितिले यो पटक बरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वारको लागि निर्वाचन शुल्क ३ लाख यस्तै उपाध्यक्षको लागि साढे १ लाख र कार्यकारिणी सदस्यको लागि ५० हजार शुल्क तोकेको थियो ।

महासंघको संसोधित विधान अनुसार अहिलेको बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने हुँदा बरिष्ठ उपाध्यक्षका उम्मेद्वारले प्यानल बनाएर भोट मागेका छन् ।

महासंघमा बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र शेखर गोल्छा उठेका छन् । जिल्ला तथा नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र पवन श्रेष्ठ,यस्तै वस्तुगतमा अनुप मल्ल,उमेशलाल श्रेष्ठ र शंकर पाण्डेले उम्मेद्वारी दिएका छन् । एशोसियटको उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध भएका छन् ।


क्लिकमान्डु