हिमालय एअरलाईन्सको नयाँ गन्तव्य दुबई, भाडा २४ हजार ८ सय



काठमाडौं । नेपाल-चीनसँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले अबदुबईमा उडान गर्ने भएको छ । आगामी बैशाख १५ बाट दैनिक अबदुबईमा उडान गर्न लागेका एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी गराए ।

यसअघि एअरलाईन्सले दोहा, क्वालालम्पुरर याङगुनको नियमित उडान गर्दै आएको छ, नयाँ गन्तव्यको रुपमा दुबइ थपिएको हो ।

दैनिक सेवाका लागि एअरलाईन्सले ३ वटा एअरबस ए–३२०–२१४ मध्येमा एउटा एअरबस यस मार्गमा संचालन गर्नेछ । जसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमीक्लास रहने कम्पनीले जानकारी दिएको छ ।

उडान समय
एअरबस एच–९५५७ काठमाण्डौँबाट १०:४० (स्थानीय समय) मा प्रस्थान गरी दुबईमा १३:२५ (स्थानीय समय)मा अवतरण गर्नेछ । त्यसैगरी एच–९५५८ दुबर्ईबाट १४:५ (स्थानीय समय) मा प्रस्थान गरी काठमाण्डौँमा २०:२० (स्थानीय समय) मा अवतरण गर्नेछ ।

टिकट मुल्य
एअरलाईन्सले काठमाण्डौ-दुबर्ई-काठमाण्डौको लागि शुरुवाती टिकटदर २४ हजार ८ सय २७ रुपैयाँ (राउण्ड ट्रिप) र दुबई-काठमाण्डौ-दुबईको लागि शुरुवाती टिकट दर ३ सय ५० दिराम कायम छ । उक्त दरमा सरकारी कर समावेश गरिएको छैन ।
एअरलाईन्सले फिस्टेल ट्राभल एण्ड टुरिजमलाई जेनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको श्रेष्ठले जानकारी दिए । एजेन्टका रुपमा फिस्टेलले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछ ।

५ वर्ष भित्रमा १५ वटा जहाज थप्ने
आगामी ५ बर्ष भित्रमा एअरलाईन्सले १५ वटा जहाजल्याई काठमाडौँलाई एसिया र एसियाबाहेक अन्य धेरै नयाँ गन्तव्यहरुसँग जोड्ने लक्ष्य राखेको छ । एअरलाईन्सले आगामी दिनमा ठूला आकारका ए–३३० जहाजभित्राई जापान, कोरिया, युरोप, अमेरिका लगायतका गन्तव्यहरुमा आफ्नो सेवा प्रदानगर्ने लक्ष्य लिएको श्रेष्ठले जानकारी गराए ।


क्लिकमान्डु