योजना आयोगका उपाध्यक्ष र संयुक्त राष्ट्रसंघका सहायक महासचिबबीच भेट




काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष य डा. मीनबहादुर श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका सहायक महासचिब तथा पोषण प्रवद्र्धन कार्यक्रमका संयोजक गेर्डा भर्बर्ग भेट गरेका छन् ।

भेटका अबसरमा उहाँहरुबीच नेपालमा पोषणको अवस्था, पोषण प्रवद्र्धनमा सरकार, दातृनिकाय, सामाजिक संघ÷संस्था तथा निजी क्षेत्रको भूमिका तथा पोषण प्रवद्र्धनमा अन्तर्राष्ट्रिय अनुभव लगायतका विषयमा छलफल भएको थियो ।

उक्त अबसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. श्रेष्ठले पोषणसम्बन्धी प्रवद्र्धन तथा सचेतनामा सरकार, दातृनिकाय तथा सामाजिक संघ÷संस्थाको महत्वपूर्ण भूमिका भएको बताउँदै नेपालले पोषणको क्षेत्रमा अत्यन्त राम्रो प्रगति गरेको र जनतामा पोषणसम्बन्धी सचेतना उल्लेख्य रुपमा अभिवृद्धि हुँदैगएको बताए ।

उनले नेपालले खुशी र स्वस्थ नागरिक उत्पादन गरिरहेको समेत बताए ।

सो अवसरमा उनले नेपालको संघीय स्वरुपको संविधान निर्माण सँगसँगै वार्षिक विकास कार्यक्रमहरुको कार्यान्वयनमा परिवर्तन गर्नुपर्ने भएको र पोषणसम्बन्धी कार्यक्रमको प्रवद्र्धन तथा सचेतनात्मक कार्यक्रममा पनि सरकार, दातृनिकाय तथा सामाजिक संघ÷संस्थाको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे ।

चालु १४औं योजनाले पोषण लगायत दिगो विकासका लक्ष्यहरु हासिल गर्ने सम्बन्धमा विशेष प्राथमिकता दिएको बताउँदै उपाध्यक्ष श्रेष्ठले सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकको स्तरमा पुर्याउन प्रयत्नशिल रहेको बताए ।

भेटमा सहायक महासचिब भर्बर्गले नेपालले पोषणको प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताउँदै यसको प्रवद्र्धनमा सरकारले गैरसरकारी संस्था, सामाजिक संघ÷संस्था र निजी क्षेत्रलाई परिचालित गर्नुपर्ने बताइन् ।
उनले पोषण स्वास्थ्य, शिक्षा, नविनता तथा सृजनशीलताको लागि समेत निकै महत्वपूर्ण रहेको बताइन् ।


क्लिकमान्डु