ललितपुरमा १ सय १५ कम्पनीले कर तिरेनन्, आन्तरीक राजस्वले निकाल्यो सुचना



काठमाडौं । आन्तरिक राजस्व कार्यालय, ललितपुरले आयकर/मुल्य वृद्धि कर नतिरकेका १ सय १५ फर्मलाई सार्वजनीक सूचना मार्फत कर तिर्न आह्वान गरेको छ ।

कार्यालयले बिहिवार सूचना प्रकाशित गरी वक्यौता रकम दाखिला गर्नु वा दाखिला गरेको भए सोको प्रमाण पेश गर्नका लागि सूचना निकालिएको जानकारी दिएको छ ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा वक्यौता कर तिर्न आव्हान गरिएको छ । अन्यथा आयकार ऐन, २०५८ को दफा १ सय ४ तथा मुल्य अभिबृद्धि कर ऐन अनुसार ०५२ दफा (२१) वमोजिम चल तथा अचल सम्पत्ति रोक्का गर्ने र बक्यौता असुली प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।


क्लिकमान्डु