गुगल क्रोमको प्रयोग कसरी गर्नुहुन्छ ? स्मार्टहरुले प्रयोग गर्ने तरिका यो हो




स्मार्ट फोन होस् या कम्प्युटर । इन्टरनेट प्रयोगका लागि ब्राउजरको प्रयोग गरिन्छ । अझ अधिक मात्रमा गुगल क्रोम ब्राउजरको प्रयोग हुने गरेको छ । क्रोम ब्राउजरमा केही यस्ता फिचरहरु छन्, जसको सही प्रयोगले इन्टरनेटको प्रयोग स्मार्ट तरिकाले गर्न सकिन्छ ।

इन्टरनेट प्रयोगकर्ता माझ गूगल क्रोम ब्राउजर एकदमै लोकप्रिय छ । गूगल ब्राउजर तीब्र र सहज हुने भएकाले प्रयोगकर्ताको प्राथमिकतामा परेको हो । ब्राउजरमा यस्तो फिचर पनि छ, जसलाई अलिक गोप्य रुपमा प्रस्तुत गरेको हुन्छ । तर ती फिचरको सही प्रयोग गर्न सकिए ब्राउजरलाई स्मार्ट तरिकाले प्रयोग गर्न सकिन्छ ।

कसरी स्र्माट रुपमा प्रयोग गर्ने गूगल क्रोम ब्राउजर ?

न्यू इनकोग्निटो विन्डो
क्रोमको यो एकदमै उपयोगी फिचर हो । इन्टरनेटका प्रयोगकर्ताले कहिले पनि चाहदैन् कि आपूmले इन्टरनेटमा सर्च गरेको हिस्ट्री अन्य व्यक्तिले हेर्न नसकुन भन्ने । तपाईमा पनि यस्तो चाहना छ भने इनकोग्निटो मोडको सहयोग लिन सक्नु हुनेछ । यो फिचर ब्राउजरको मेन्युमा उपलब्ध छ । सर्टकट किका लागि गुगल क्रोम खोलेर कन्ट्रोल सिफ्ट एन प्रेस गर्दा पनि हुन्छ । यसलाई प्राइवेट ब्राउजिंगको नाममा पनि बुभ्mन सकिन्छ ।

डु नट ट्रयाक
धेरैलाई थाहा नहुन सक्छ कि इन्टरनेटमा सर्च गर्न गरिएको वस्तु गूगलले ट्रयाक गर्छ भन्ने । खासमा गूगलले हामीलाई विशेष सुविधा दिनका लागि ट्रयाक गरेको हो । तर, यदि तपाईले इन्टरनेटमा गरेको गतिविधि गूगलले पनि ट्रयाक गर्न नसकोस् भन्ने लाग्छ भने त्यसको पनि उपाय छ । त्यसका लागि डु नट ट्रयाकको प्रयोग गर्नुपर्ने हुन्छ । डु नट् ट्रयाकको प्रयोगका लागि क्रोमको मेनुमा रहेको सेटिङमा गएर ‘सो एड्भान्स सेटिङस्’मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि प्राइवेसी सेटिङ खुल्छ । त्यो खुलिसकेपछि तपाइलाई के के गर्न मन लागेको छ, सोही अनुसारको सेटिङ मिलाउन सक्नुहुन्छ ।

अफलाइन पेज सेभ
क्रोममा उपलब्ध सेवामध्येमा यो विशेष सेवा हो । इन्टरनेटको प्रयोग बिना अफलाइन सेभ पेज पढ्न सकिन्छ । यो सेवा अफलाइन नाममा छैन । तर, यसका लागि अलिकति दिमाग खियाउनु पर्ने हुन्छ । यो सेवा प्रयोग गर्नका लागि अनलाइन भएको समयमा पेज खोलेर छोड्नु पर्छ । यसरी खोलिएको पेज अफलाइन भएको बेलामा पनि पढ्न सकिन्छ ।

अफलाइन गेम
इन्टरनेटमा काम गर्ने मानिसलाई कम्प्युटर वा मोबाइलमा इन्टरनेट नचलेमा समय विताउन सकश हुने गरेको छ । तर चिन्ता गर्नु पर्ने अवस्था छैन । किनकि इन्टरनेट बन्द भएमा पनि गूगल क्रोममा समय विताउनका लागि गेम खेल्न सक्नु हुन्छ । ब्राउजरबाट डायनोसोर गेम खेल्न सकिन्छ । यो अफलाइन गेम हो, जुन इन्टरनेट बन्द भएको अवस्थामा मात्र खेल्न सकिन्छ ।

लोकेसन
इन्टरनेट वा वेबसाइट प्रयोगको समयमा तपाईको लोकेसन ट्रयाक हुन्छ । हरेक व्यक्तिलाई आप्mनो लोकेसन ट्रयाक नहोस् भन्ने चाहना हुन्छ । त्यसो हो, भने लोकेसन ट्रयाक बन्द गर्नुपर्ने हुन्छ । यसका लागि ब्राउजर मेन्युको सेटिङमा जाने र प्राइवेसीमा त्यो विकल्प उपलब्ध छ ।

डाटा सेभर
डाटा सेभर विशेषगरी मोबाइलमा इन्टरनेट प्रयोग गर्नेका लागि एकदमै महत्वपूर्ण हुन्छ । यो सेवाको माध्यमबाट डाटाको वचत गर्न सकिन्छ । यसका लागि क्रोम सेटिङको तल रहेको डाटा सेभर अन गर्नु पर्ने हुन्छ । यसो गरिएपछि तपाइले खोलेर हेर्न चाहेको भन्दा अन्य वेबसाइट खुलेर डाटा सकिने हुँदैन ।

जूम
मोबाइलमा ट्याप गरेर पिन्च टु जूम गर्न सकिन्छ । तर डेस्कटपमा यो सुविधा उपलब्ध छैन । तर, ब्राउजरमा यसको प्रयोग गर्न सकिन्छ । मेन मेन्युमा गएर जूम अपसन सेलेक्ट गर्नु पर्ने हुन्छ । यसो गरिएपछि तपाइले चाहेको साइजमा ब्राउजर प्रयोग गर्न सकिन्छ ।

डाइरेक्ट सर्च
गूगल ब्राउजर आफैमा गूगल हो । यसमा सर्च गर्नका लागि गूगल डटकम खोल्नु पर्दैन । तपाईको कमाण्ड अनुसार गूगल ब्राउजरले आफै सर्च गर्छ । तपाइले जे कुरा खोजी गर्नुपर्ने हो डाइरेक्ट त्यही चिजको नाम लेखेर खोज्न सकिन्छ । एजेन्सीको सहयोगमा ।


क्लिकमान्डु